default_image

3 years ago

March 28, 2023

नेपालले खेल्ने विश्वकप छनोटमा वेस्टइन्डिज र श्रीलंका दुबैको उच्च सम्भावना

508 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप विजेता दुई टोली वेस्टइन्डिज र श्रीलंकाले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने उच्च सम्भावना छ । आइसिसी विश्वकप सुपर लिगमा कमजोर प्रदर्शनपछि वेस्टइन्डिज र श्रीलंकाले सोझै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना अंक गणीतिय झिनो आशा बाँकी छ ।

विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोली, विश्वकप सुपर लिगबाट पुछारका पाँच टोली र विश्वकप क्वालिफायर प्लेअफबाट दुई टोली आउनेछन् । सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गरेका छन् । जसबाट भारतसहित शीर्ष आठ टोलीले सोझै विश्वकपमा पुग्नेछन् ।

भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तान, बंगलादेश र न्युजिल्यान्ड सहित ७ टोली सोझै विश्वकप छनोटमा पुगेका छन् । अव दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिज मध्य एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमा दक्षिण अफ्रिकाको उच्च सम्भावना छ ।

जिम्बावे, नेदरल्यान्ड्स र आयरल्यान्डले विश्वकप छनोट खेल्ने पक्का भएको छ । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज २४ खलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । एक पटकको विश्वकप विजेता श्रीलंका २३ खेलमा ७ मा जित र १३ मा हारसहित ८२ अंकका साथ नवौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित ७८ अंकका साथ १० औं स्थानमा छन् ।

सुपर लिगमा जितमा १० अंक मिल्छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग अन्तिम दुई खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच शुक्रबार र आइतबार खेल हुनेछ । दक्षिण अफ्रिका दुबै खेलमा विजयी भएमा सोझै विश्वकपमा स्थान बनाउनेछ । दक्षिण अफ्रिका दुबै खेलमा विजयी हुँदा ९८ अंक हुनेछ । ९८ अंक शीर्ष आठमा रहेर विश्वकपमा स्थान बनाउन पर्याप्त हुनेछ ।

उता श्रीलंकाले अन्तिम खेल न्युजिल्यान्डसँग शुक्रबार खेल्नेछ । उक्त खेलमा श्रीलंका विजयी हुँदा ९२ अंक हुनेछ । श्रीलंका विश्वकप खेल्न अन्तिम खेलमा जितका साथै कम्तिमा दक्षिण अफ्रिकाले एक खेल हार्नुपर्ने हुन्छ । वेस्टइन्डिज विश्वकपमा पुग्न श्रीलंका र दक्षिण अफ्रिकाले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ ।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्न आफ्नो प्रमुख टोली घोषणा गरेको छ । दक्षिण अफ्रिकाले सोझै विश्वकपमा स्थान बनाउने उच्च सम्भावना देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.