default_image

3 years ago

March 28, 2023

मधेशलाई कोशीको बलियो लक्ष्य

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ६ रनको बलियो लक्ष्य दिएकोेछ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय र ५ रन बनायो ।

कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ३८ बलमा ६ चौकासहित सर्वाधिक ३९ रन बनाइन् । अर्की ओपनर काजोल श्रेष्ठ २८ बलमा ४ चौकासहित २२ रनमा आउट भइन् ।

पहिलो विकेटका लागि काजोल र रुविनाले ८.३ ओभरमा ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अप्सरी बेगम ३२ बलमा १ चौकासहित १९ रनमा आउट भइन् ।

युवा खेलाडी स्मृति कटुवालले १२ बलमा १ चौकासहित १०, निशा शाह र सबनम राईले तीन तीन रन बनाए । सोनु राजवंशी २ रनमा अविजित रहिन् ।

मधेशकी सन्तोषी चौधरीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । अमिरन निशाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । अमिषा पटेलले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् ।

कोशी यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा कोशी, मधेश र सुदूरमध्य एक टोली नेटररनेटको कारण फाइनलमा पुग्नेछन् । एपिएफ ४ खेलमा अपराजित हुँदै फाइनलमा पुगि सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.