default_image

3 years ago

March 28, 2023

क्रिकेटर अर्जुनलाई एक्स्ट्राटेकको आर्थिक सहयोग

291 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अष्ट्रेलियास्थित सूचना प्रविधि सम्बन्धी कम्पनी एक्स्ट्राटेकले नेपाली यू१९ क्रिकेट टोलीका युवा ओपनर अर्जुन कुमाललाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । अघिल्लो महिना नेपाललाई यू-१९ विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले नगद ५० हजार सहयोग गरेको हो ।

अष्ट्रेलियाबाट प्राप्त रकम संचारकर्मी मोहन बस्नेतले गुल्मीमा क्रिकेटर कुमाललाई हस्तान्तरण गरेका हुन् । एक्स्ट्राटेकका डाईरेक्टर विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउँदै यसबाट उनलाई थप प्रेरणाले मिल्ने विश्वास व्यक्त गरे ।

यसअघि पनि विभिन्न खेलाडि र खेल संस्थालाई सहयोग गर्दै आएको एक्स्ट्राटेकले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रमुख अफ क्यारियर काउन्सिलर सुदीक्षा गौतमले बताईन् ।

क्रिकेटर कुमालले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भैरहेको र यसबाट आप्नो प्रदर्शनमा थप सुधार ल्याउन प्रेरणा मिलेको बताए । क्रिकेटर अर्जुन कुमाल गुल्मीको छत्रकोटका हुन भने उनलाई सहयोग गर्ने सूचना प्रविधि सम्बन्धी कम्पनी (एक्स्ट्राटेक) का डाईरेक्टर कुँवर पनि गुल्मीको मदानेका स्थायी बासिन्दा हुन् ।

नेपालले अघिल्लो महिना आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको लागि स्थान पक्का गरेको गरेको थियो ।

नेपाली ब्याटिङको भविष्य मानिएका अर्जुनले पुन सानदार प्रदर्शन गरेका थिए । अर्जुनले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । यू१९ विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गरे । अर्जुन यस प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी थिए । १७ वर्षीय अर्जुनले कुवेतविरुद्ध १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

अर्जुनले उक्त प्रतियोगितामा ५ खेलमा २१ चौकासहित कुल १ सय ८५ रन बनाउँदै सर्वाधिक रन जोड्ने सूचिमा छैटौं स्थानमा रहे । अर्जुनले घरेलु क्रिकेट भने गण्डकीबाट खेल्दै आएका छन् । अर्जुनले उमेर समूह देखिनै गण्डकीबाट खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.