default_image

3 years ago

March 28, 2023

करणसहित चार क्रिकेटरलाई गण्डकीको सम्मान

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीसहित चार क्रिकेटलाई गण्डकी प्रदेशले नदग ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । करणसँगै नेपाललाई यू-१९ विश्वकपमा पुर्याउन सानदार प्रदर्शन गरेका अर्जुन कुमाल, सुवास भण्डारी र दीपक डुम्रेलाई मंगलबार एक कार्यक्रमका साथ सम्मान गरेको हो ।

नेपाली क्रिकेट टोलीका अलराउन्डर करणले नेपाललाई आइसिसी विश्वकप लिग-२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुर्याउनुको साथै आगमी चार वर्ष सम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरेका थिए । अघिल्लो महिना युएईमा भएको आइसिसी विश्वकप यू-१९ एसिया क्षेत्र छनोटमा नेपाललाई अपराजित रहँदै फाइनलमा पुर्याउन अर्जुन, सुवास र दीपकले उच्च प्रदर्शन गरेका बिथए ।

यी चार क्रिकेटर गण्डकीबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । त्यसैले गण्डकीले उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरेको हो । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले नगद ५० हजारसहित सम्मान गरेका थिए ।

नेपालका तीव्र गतिका बलर करण केसीले लिग २ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५।५ ओभरम १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।

तीन पटक चार विकेट लिएका थिए । करणले गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच पाँच विकेट लिएका थिए । उनले अघिल्लो महिना नामिबियाविरुद्ध पनि ५ विकेट लिएका थिए ।

त्यस्तै करणले २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग २ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा रहे ।

नेपाली ब्याटिङका भविष्य मानिएका अर्जुन कुमालले यू१९ विश्वकप छनोटमा ५ खेलमा २१ चौकासहित कुल १ सय ८५ रन बनाएका थिए । प्रतियोगितामा पहिलो शतक हान्ने खेलाडी बन्नेक्रममा उनले कुवेतविरुद्ध १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

फाइनलका हिरो बनेका स्पिनर सुवास भण्डारीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे । सुवासले ५ खेलमा ७ विकेट लिएका थिए । उनले निर्णायक खेल युएईविरुद्ध दुई महत्वपूर्ण विकेट लिएका थिए ।

यता विकेटकिपर दीपक डुम्रेले ३ खेलमा ३० रन बनाएका थिए । डुम्रेले तल्लोक्रममा ब्याटिङ गर्ने हुँदा कम मौका पाएका थिए । तर उनले फिल्डिङमा र ड्रेसिङ रुममा भने निरन्तर उर्जा दिएका थिए । खेलपछि प्रशिक्षक जगत टमाटाले डुम्रेको प्रसंशा समेत गरेका थिए ।

घरेलु क्रिकेट भने करणले नेपाल पुलिस क्लबबाट खेल्ने गर्दछन् । अर्जुन, सुवास र दीपकले गण्डकीबाट खेल्ने गर्दछन् । यी तीन युवा खेलाडीको प्रदर्शनले गण्डकीले पछिल्लो समय घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.