default_image

3 years ago

March 29, 2023

जोशेफको सानदार बलिङमा वेस्टइन्डिजलाई उपाधि

193 views

0 Bookmark

एजेन्सी– तीव्र गतिका बलर अल्जारी जोशेफको सानदार बलिङको सहयोगमा वेस्टइन्डिजले अन्तिम तथा तेस्रो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै सिरिज उपाधि जितेको छ । तीन खेलको सिरिज वेस्टइन्डिजल २-१ ले जितेको हो ।

जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायो । दक्षिण अफ्रिकालाई अन्तिम १२ बलमा जितको लागि ३५ रन चाहिँएको थियो । अल्जारी जोशेफले १९ औं ओभरको पहिलो बलमै सर्वाधिक रन बनाएका ओपनर रिजा हेन्ड्रिक्सलाई ८३ रनमा रोभम्यान पावेलबाट क्याच आउट गराए ।

रिजाले ४४ बलमा ११ चौका र २ छक्कासहित ८३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । दोस्रो बलमा हेनरिक क्लासेनलले छक्का प्रहार गरे । तेस्रो बलमा क्लासेन क्याच आउट भए । चौथो बलमा वेन पार्नेलले २ र पाँचौं बलमा बोल्ड आउट भए । १९ औं ओभरमा ९ रन खर्चेर ३ विकेट लिएपछि वेस्टइन्डिज जिततर्फ अघि बढेको थियो । अन्तिम ओभरमा २६ रन चाहिँदा दक्षिण अफ्रिकाले १८ रनमात्रै बनाउन सक्यो ।

दोस्रो खेलमा २ सय ५९ रनको लक्ष्य पूरा गर्न शतक हानेका क्विन्टन डि कक २१ बलमा ४ चौकासहित २१ तथा राइली रोसोउ २१ बलमा ४ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए । कप्तान एडेन माक्ररम १८ बलमा ४ चौकासहित ३५ रनमा अविजित रहे ।

वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि जोहनबर्गमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

कुनैपनि वेस्टइन्डिजका ब्याटरले अर्धशतक प्रहार गर्न सकेनन् । सबै ब्याटरले छोटो तर आक्रामक इनिङ खेले । ओपनर ब्रेन्डन किंग २५ बलमा ४ चौका र २ छक्कासहित ३६, काइल मेयर्स १७ र जोनसन चाल्र्स गोल्डेन डक आउट भए । चाल्र्सले दोस्रो खेलमा ३९ बलमै शतक हानेका थिए ।

निकोलस पुरन १९ बलमा २ चौका र ४ छक्कासहित ४१, रोभम्यान पावेल ११ र रायमन रिफर २७ रनमा आउट भए । तल्लोक्रमका अलराउन्डर रोमारियो शेफर्डले २२ बलमा २ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहेका थिए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ४ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । एडेन माक्ररमले एक विकेट लिएका थिए । पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.