default_image

3 years ago

March 29, 2023

लिग-२ मा नेपालले गरेका पाँच उत्कृष्ट प्रदर्शन

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ सिरिजमा तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनायो । भारतमा आगमी अक्टोबर नोभेम्बरमा हुने एकदिवसीय विश्वकपमा पुग्न २०१९ देखि सुरु भएको छनोट यात्रामा लिग २ मा नेपालसहित ७ टोली थिए ।

हरेक टोलीले कुल ३६ खेल खेलेका थिए । ३६ खेलमा नेपालले १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ शीर्ष तीनमा स्थान अन्त्य गरेको थियो । नेपालले नामिबियालाई एक अंकले पछि पार्दै शीर्ष तीनमा पर्दै जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो ।

आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन पनि सफल भयो । नेपालले अन्तिम १२ मध्य ११ खेल जित्दै अविश्वसनीय प्रदर्शन गरेको थियो । मुख्य प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले अद्धभुत प्रदर्शन गरेको थियो ।

नेपालले लिग–२ टियु मैदानबाट खेल्दै टियुमा नै अन्त्य गरेको थियो । नेपालले हारेका अधिकाम्स खेल खराब ब्याटिङकै कारण हारेको थियो । समग्रमा नेपालले खेलेका ३६ खेलबाट पाँच सानदार प्रदर्शन यस प्रकार छन् ।

५. स्कटल्यान्डमाथि ऐतिहासिक जित

नेपालले २०२२ जुलाईमा स्कटल्यान्डमाथि ७ विकेटको ऐतिहासिक जित हात पारेको थियो । उसकै घरेलु भूमिका लिग २ च्याम्पियन तथा एसोसिएट शीर्ष टोली स्कटल्यान्डलाई नेपालले आफ्नो कुनैपनि क्रिकेट खेलमा इतिहासमै पहिलो पटक पराजित गर्न सफल भएको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड नेपालको उत्कृष्ट बलिङ सामु ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो । आदिल आलम र सोमपाल कामी ३–३ विकेट लिएपछि स्कटल्यान्ड लिग–२ मा पहिलो पटक १ सय ५० भन्दा कम रनमा समेटिएको थियो ।

आसिफ शेखले ६२ बलमा १० चौका र १ छक्कासहित ७१ रनको सहयोगमा उक्त लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । लिग–२ मा नेपालले स्कटल्यान्ड भ्रमणमा जितेको त्यहिँ एक मात्रै खेल थियो ।

४. पपुवा न्युगिनीविरुद्ध अप्रत्याशित जित

नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी ६ खेल नै जित्नुपर्ने हुन्थ्यो । अघिल्लो महिना दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीले १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपाल एक समय ३२ ओभरमा १०५–७ को दयनीय अवस्थामा पुगेको थियो । दुबईको बलिङ सहयोगी कन्डिसन र ठूलो बाउन्ड्री भएको मैदानमा नेपाल हारतर्फ उन्मुख देखिएको थियो ।

सन्दीप लामिछाने र आसिफ शेखले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए । उक्त खेलमा आसिफ शेख १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ र सन्दीप ३० बलमा ५ चौकासहित ३५ रनमा अविजित रहँदै नेपाललाई रोमान्चक जित दिलाएका थिए ।

विदेशी भूमिमा नेपालले एक यादगार पूनरागमन जित हात पारेको थियो । आसिफ र सन्दीपको जिम्मेवारी तथा धैर्यताले जितेको थियो । नेपाल मात्रै होईन त्यो अवस्थाबाट कुनैपनि टोलीलाई जित निकाल्न कठिन हुन्छ । विपक्षी हाबी बनेको खेलमा नेपालले पूनरागमन जित हात पारेको हुँदा लिग–२ को उत्कृष्ट खेलमा पर्दछ ।

३. अमेरिकासँग रोमान्चक टाई

नेपाली तीन ब्याटरले पहिलो पटक ओडिआईमा एकै पटक अर्धशतक हानेपछि घरेलु टोली अमेरिकाविरुद्ध २ सय ७४ रनमा अल आउट भएको थियो । विदेशी भूमिका नेपालले बनाएको ओडिआईमा सबैभन्दा उच्च योगफल समेत हो । तर प्रमुख हतियार मानिने बलिङ नचलेपछि नेपाल फराकिलो हारतर्फ अघि बढेको थियो ।

अमेरिकाका स्टिभ टेलर १ सय ११ र मोनांक पटेल ८५ रनमा आउट भएका थिए । मोनांक आउट हुँदा अमेरिका ४१.३ ओभरमा २२६–२ को अवस्थमा थियो । उक्त अवस्थाबाट नेपालले टाई गरेको थियो । अमेरिकालाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिएको थियो ।

नेपालले प्रमुख बलर सोमपाल कामी र करण केसीलाई छाडेर आदिल आलमलाई बलिङ दिएको थियो । जुन आफैैंमा सरप्राइज थियो । अमेरिकाको हातमा ६ विकेट थियो । सहज जित निकाल्न सक्ने अनुमान गरिएको थियो । आदिलले जादुमयी प्रदर्शन गर्दै रोमान्चक टाई गराए । चौथो बल नो बल भएपछि अमेरिकालाई अन्तिम दुइ बलमा जितको लागि मात्रै एक रन चाहिएको थियो । हातमा ६ विकेट थियो ।

त्यो कठिन अवस्थाबाट आदिलले पाँचौं बलमा आरोन जोन्सलाई बोल्ड गरे । अन्तिम बलमा राहुल जरिवालालाई रन आउट गर्दै नेपालले नाटकीय टाई गराएका थिए । नेपालले उक्त खेल जित्न नसकेपछि प्रदर्शनको हिसाबमा एक उत्कृष्ट खेल थियो । उक्त खेलमा नेपालका आसिफ शेख ६१, देव खनाल ५४ र रोहित पौडेल ६२ रनमा आउट भएका थिए ।

२. अमेरिका ३५ रनमा अल आउट

नेपालले २०२० फेब्रुअरीमा अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । ओडिआई इहिासमा त्यो सबैभन्दा कम योगफल थियो । २००४ मा श्रीलंकाले जिम्बावेलाई ३५ रनमा अल आउट गरेको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछाने र सुशान भारीको बलिङ सामु अमेरिका निरिह बनेको थियो । नेपाली स्पिनरले घरेलु कन्डिसनको भरपूर्ण फाइदा उठाए ।

सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ तथा सुशान भारीले १ ओभरमा ५ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालले आफ्नो मात्रै नभएर विश्व ओडिआई क्रिकेट इतिहासकै एक उत्कृष्ट नतिजा हात पारेको थियो । ५० ओभरको खेलमा ३५ रनमा अल आउट गर्ने कुनै सामान्य कुरा होईन ।

१.नामिबियाविरुद्ध ऐतिहासिक लक्ष्य पूरा

नेपाललाई ओडिआई मान्यता जोगाउन अन्तिम १२ खेलमा ९ मा जित आवश्यक थियो । शीर्ष तीनमा पर्न बाँकी सबै खेल जित्नु पर्दथ्यो । तर पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ८५ रनको विशाल लक्ष्य दिएको थियो । माइकल भान लिंगेनले १ सय३३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

धेरैले नेपालले उक्त खेल हार्ने अनुमान गरेका थिए । त्यसअघि नेपालले ओडिआईमा २०१९ मा २ सय ५५ रन मात्रै पूरा गरेको थियो । तर नेपालले घरेलु मैदान, कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउँदै पहिलो खेलमै सानदार ब्याटिङ गर्यो । कुशल भुर्तेलले १ सय १५ र रोहित पौडेलले ७२ रन जोडेपछि नेपालले उक्त लक्ष्य ४७.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

त्यो नेपालको ऐतिहासिक जित मात्रै थिएन ओडिआई मान्यता प्राप्त गर्ने र विश्वकप छनोटमा पुग्ने टर्निङ प्वाइन्ट थियो ।
त्यो खेलपछि खेलाडीको मनोबल बढ्यो । नेपालले पुरै मोमेन्ट कायम गर्यो । सबैभन्दा नेपालले ठूलो योगफल पनि पूरा गर्न सक्छ भन्ने आत्माविश्वास आयो । त्यसैले नेपालले लगातार जित हात पारेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.