default_image

3 years ago

March 29, 2023

मुख्य प्रशिक्षक मोन्टि शनिबार नेपाल आइपुग्ने

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाई शनिबारसम्म नेपाल आइपुग्ने भएका छन् । आइसिसी विश्वकप लिग-२ मा नेपालले सानदार प्रदर्शन गर्दै ओडिआई मान्यता जोगाउनुको साथै सोझै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक र खेलाडीलाई १५ दिनको छुट्टी दिएको थियो ।

बिदामा मोन्टि परिवारलाई भेट्न भारत गएका थिए । खेलाडीहरु पनि परिवार भेट्न आफ्नो घर भएका थिए । प्रदेश, जिल्ला र स्थानियतहमा खेलाडीलाई सम्मान तथाको अहिरो लागेको थियो । त्यो सबै सकेर लगभग सबै खेलाडी काठमाडौं फर्किएका सकेका छन् । अर्को महिना नेपालमा हुने एसिसी प्रिमियर कपको लागि नेपालले २१ सदस्य टोली घोषणा गरेको छ । बिहीबार देखि क्यानले प्रशिक्षण सुरु हुने जनाएको छ ।

‘कोच(मोन्टि) अप्रिल १ तारिख (शनिबार) नेपाल आइपुग्छन् । प्रारम्भिक रुपमा बिहीबारदेखि प्रशिक्षण हुन्छ । टेनरहरु आईसकेका छन् । कोच शनिबार आइपुग्छन्’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।

क्यानले उनको तलब पनि बढाई सकेको छ । यसअघि मासिक १० हजार डलर तलब पाउँदै आएका मोन्टिको दुई हजार बढेर १२ हजार पुगेको छ । १२ हजार डल (झण्डै १६ लाख नेपाली रुपैयाँ) कर, खाना बस्न सब छाडेर हुनेछ । बढेको तलब अप्रिलदेखि लागु हुनेछ ।

ओडिआई मान्यता जोगाउन सके तलब बढ्ने सम्झाता भएको हुँदा मोन्टिको तलब बढेको हो । नेपाल उनी आउनु अघि २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा थियो । मोन्टि आएपछि ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । अर्थात पछिल्ला १२ मध्य ११ खेल नेपालले जित्यो ।

देशाई आउँदा नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने र ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने समीकरण थियो । त्यसबेला टोलीको प्रदर्शन हेर्दा ओडिआई मान्यता जोगाउन निकै कठिन देखिन्थ्यो । विश्वकप छनोटमा सोझै स्थान बनाउने कल्पना बाहिर थियो ।

तर मोन्टिले अविश्वसनीयरुपमा नेपाललाई शीर्ष तीनमा पुयाउँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्याए । गुमि सकेको ओडिआई मान्यता जोगाएका थिए ।

एसिसी प्रिमियर कप ५ देखि १८ गतेसम्म नेपालमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपाल एसिया कपको प्रमुख दाबेदार टोलीको रुपमा देखिएको छ ।

प्रिमियर कपपछि नेपालले जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटको तयारी गर्नेछ । १० टोली सहभागी विश्वकप छनोटमा सुपर सिक्स हुँदै शीर्ष दुईमा पर्ने टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउँछन् । सिनियर टोलीको बन्द प्रशिक्षणमा देव खनाल ७ महिनापछि फर्किएका छन् । अन्य भने परिवर्तन गरेको छनै ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.