default_image

3 years ago

March 29, 2023

सानदार ब्याटिङका बाबजुद पपुवा न्युगिनी नामिबियासँग पराजित

389 views

0 Bookmark

एजेन्सी – सानदार ब्याटिङ प्रदर्शन गरेपनि पपुवा न्युगिनी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा घरेलु टोली नामिबियासँग ४८ रनले पराजित भएको छ । आफ्नो ओडिआई इतिहासकै सर्वाधिक रन बनाएपनि पपुवा न्युगिनीले जित निकाल्न सकेन ।

जितको लागि ३ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४६.२ ओभरमा ३ सय ३३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका चाल्स अमिनीले ७५ बलमा ८ चौका र ८ छक्कासहित सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । अमिनीको यो ओडिआई करिअरको पहिलो शतक हो ।

पपुवा न्युगिनीले पहिलो पटक ओडिआईमा ३ सय माथि योगफल बनाएको हो । यसअघि पपुवा न्युगिनीको ओडिआईमा उच्च योगफल २०२२ मा नेपालविरुद्ध २ सय ९२ रन थियो । कप्तान असद भाला ६१ बलमा ३ चौका र २ छक्कासहित ५७ तथा सेसे बाउ ४४ बलमा ७ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । ओपनर किप्लि डोरिगा ३९ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनमा आउट भए ।

असद भाला र अमिनीले पाँचौं विकेटका लागि १ सय ५३ रनको सानदार शतकीय साझेदारी गरेका थिए । भाला ३८ औं ओभरको पहिलो बलमा गेरार्ड इरास्मसबाट बोल्ड आउट भए । त्यसपछि लगातार विकेट गुमाएपछि पराजित हुन पुगेको थियो । ४० औं ओभरको दोस्रो बलमा अमिनी पनि जेरार्डकै बलमा क्याच आउट भएपछि ऐतिहासिक जितको सम्भावना लगभग सकिएको थियो ।

पपुवा न्युगिनीलाई ४२ बलमा ६८ रन चाहिँदा हातमा चार विकेट थियो । तल्लोक्रमका खेलाडीले राम्रो अन्त्य गर्न नसकेपछि पराजित भएको हो । नामिबियाका बेनार्ड स्कोल्ट्जले १० ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । जेरार्ड इरास्मसले ८ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि युनाइटेड क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८१ रन बनाएको थियो । नामिबियाले आफ्नो ओडिआई इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल हो । यसअघि नामिबियाले ओडिआईमा २०२० मा ओमानविरुद्ध ७ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो । उक्त कीर्तिमान तोड्दै पहिलो पटक ३ सय ५० माथि योगफल बनाएको हो ।

एसोसियट टोलीको रुपमा नामिबिया ओडिआईमा सर्वाधिक रन बनाउने टोली बनेको छ । नामिबियाले स्कटल्यान्डले २०१८ मा इंग्ल्यान्डविरुद्ध ३ सय ७१ रनको कीर्तिमान तोडेको छ । नामिबियाको जितमा कप्तान जेरार्ड इरास्मसले १ सय १३ बलमा ११ चौका र ५ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले ।

जेरार्डको यो ओडिआई करिअरको दोस्रो र उच्च प्रदर्शन हो । एक समय नामिबिया १०-२ को दयनीय अवस्थामा पुगेको थियो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका ओपनर निकोलस डेविनले ७९ बलमा १३ चौका र १ छक्कासहित ९० रनको एक यादगार इनिङ खेलेका थिए । उनी सेमा कमियाबाट एलबीडब्लू आउट भएका थिए ।

तेस्रो विकेटका लागि जेरार्ड र डेविनले १ सय ५१ रनको शतकीय साझेदारी गरेका थिए । चौथो विकेटका लागि जेरार्ड र जान निकोल लोफ्टी इआटनले १ सय ३० रनको सानदार साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

निकोल ५९ बलमा ६ चौका र २ छक्कासहित ६१ रनमा आउट भए । विकेटकिपर जेन ग्रीन १६ बलमा ३ चौका र २ छक्कासहित ३२, पिक्की फ्रान्स १४ र रुबेन ट्रम्पलम्यान १७ रनमा आउट भए । कार्ल ब्रिकेनस्टक ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमा कमियाले १० ओभरमा ६८ रन खर्चेर ५ विकेट लिए । कबुआ मोरिआले ७ ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । नामिबिया पहिलो खेलमा अमेरिकासँग ८० रनले पराजित भएको थियो । नामिबियाले बिहीबार जर्सीसँग खेल्नेछ । पपुवा न्युगिनीको लगातार दोस्रो हार पपुवा न्युगिनी पहिलो खेलमा युएईसँग २१ रनले पराजित भएको थियो । पपुवा न्युगिनीले शनिबार जर्सीसँग खेल्नेछ ।

प्लेअफमा लिग(२ का पुछारका चार टोली घरेलु टोली नामिबिया, अमेरिका, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए, बी का विजेता क्यानडा र जर्सी गरि कुल ६ टोली छन् । हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

नामिबिया र अमेरिकाले लिग-२ बाट नै ओडिआई मान्यता जोगाई सकेका छन् । युएई र पपुवा न्युगिनीलाई ओडिआई मान्यता जोगाउन जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ ।

अन्यथा चार वर्षको लागि ओडिआई गुम्नेछ । विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन टोली नेपाल, स्कटल्यान्ड, ओमानसँगै प्लेअफका शीर्ष दुई र सुपर लिगका पाँच टोली हुनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुईमा रहने टोलीले मात्रै भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकप खेल्न पाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.