default_image

3 years ago

March 29, 2023

अमेरिका क्यानडासँग स्तब्ध

341 views

0 Bookmark

एजेन्सी – क्यानडाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा अमेरिकालाई २६ रनले हराउँदै लगातार दोस्रो जितका साथ ओडिआई मान्यता सम्भावना मजबुत बनाएको छ । जितको लागि १ सय ९९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिका ४७.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।

अमेरिकाका सुशान्त मोदानीले १ सय २६ बलमा २ चौकासहित सर्वाधिक ६४ रनको योगदान दिएपनि त्यो जितको लागि पर्याप्त हुन सकेन । अन्य कुनैपनि अमेरिकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

क्यानडाका तीव्र गतिका बलर कलिम सानाले ९ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै स्पिनर साद बिन जाफरले १० ओभरमा ४३ रन खर्चेर३ विकेट लिए । हर्श थकेरले १० ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । क्यानडाका ओपनर आरोन जोनसनले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । हर्षले ७३ बलमा १ चौका र २ छक्कासहित ४३ रन जोडे । निकोलस किर्टोन ३५, रविन्द्रपाल सिंह २६ र कलिम सानाले १६ रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकर, अलि खान र निसर्ग पटेलले समान दुई विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन । पहिलो खेलमा क्यानडाले जर्सीलाई ३१ रनले हराएको थियो ।

क्यानडाले शनिबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा क्यानडाको ओडिआई मान्यता मजबुत बन्नेछ । यता अमेरिकाले पहिलो खेलमा नामिबियालाई ८० रनले हराएको थियो । अमेरिकाले बिहीबार युएईसँग खेल्नेछ ।

क्यानडाले ओडिआई मान्यता प्राप्त गर्न युएई, पपुवा न्युगिनी र जर्सी मध्य दुई टोलीलाई पछि पार्न सक्नुपर्ने हुन्छ । प्लेअफमा आइसिसी विश्वकप लिग-२ का पुछारका चार टोली घरेलु टोली नामिबिया, अमेरिका, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए, बी का विजेता क्यानडा र जर्सी गरि कुल ६ टोली छन् । हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

नामिबिया र अमेरिकाले लिग-२ बाट नै ओडिआई मान्यता जोगाई सकेका छन् । युएई, पपुवा न्युगिनी, जर्सी र क्यानडा मध्य दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । यी चार टोली मध्य शीर्ष दुईमा रहने टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन टोली नेपाल, स्कटल्यान्ड, ओमानसँगै प्लेअफका शीर्ष दुई र सुपर लिगका पाँच टोली हुनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुईमा रहने टोलीले मात्रै भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकप खेल्न पाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.