default_image

1 year ago

March 31, 2023

आइपिएल २०२३ : उपाधि जित्न सक्ने पाँच टोली

161 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ शुक्रबार देखि भारतका विभिन्न सहरमा सुरु हुँदैछ । कोराना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । आइपिएलको लागि सबै टोलीले तयारी सकाएका छन् । गत डिसेम्बरमा सम्पन्न अक्सनबाट हरेक टोलीले आफ्नो टिम सन्तुलन बनाउन प्रयास गरेका थिए ।

अक्सनमा इंग्ल्यान्डका साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारु, चेन्नईले बेन स्टोक्सलाई १६ करोड २५ लाख भारु र मुम्बईले अष्ट्रेलियाका क्यामरन ग्रीनलाई १७ करोड ५० लाख भारु खर्चेका थिए । आइपिएलमा यस सिजन देखि इम्प्याक्ट प्लेयर नियम लागु हुनेछ । कुनैपनि टोलीले खेलको क्रममा १४ ओभर भित्रमा एक खेलाडी परिवर्तन गर्न सक्नेछन् ।

जसले गर्दा टोली थप मजबुत हुनेछन् । अब आइपिएलमा १२ खेलाडीले खेल्न पाउनेछन् । फ्रेन्चाइज टोलीले आफ्नो आवश्यकता अनुसार ब्याटिङ र बलिङमा फरक खेलाडी मैदान उतार्न सक्छन् । इम्प्याक्ट प्लेयर एक पटक बाहिरएपछि पुन खेन भने पाउँदैन । उसको स्थानमा जुन खेलाडी आएको हो त्यसले नै बाँकी सबै खेल खेल्नेछ । टसपछि प्लेइङ ११ बुझाउने नियम लागु हुनेछ ।

हुन त टि२० क्रिकेटमा कुनै भर हुँदैन । तर राम्रो क्रिकेट खेल्न कुनैपनि टोलीमा ब्याटिङ, बलिङ, फिल्डिङ, टिम रणनीति, कप्तानी र टिम म्यानेजमेन्ट वातावरण लगायत सबै कुरा मिल्नुपर्छ । कुनैपनि टोली कस्ता छन् त्यो टोलीमा रहेका खेलाडीलाई हेरेर अनुमान गर्न सकिन्छ ।

टोलीमा रहेका खेलाडी, पछिल्लो समयको लय, सम्भावना बोकेका युवा खेलाडी र कप्तानीलाई हेरेर कुनैपनि टोलीको प्रदर्शन प्रतियोगिता अघि अनुमान गर्न सकिन्छ । आइपिएलमा १० टोली छन् । सबै टोलीमा रहेका खेलाडीलाई हेर्दा उपाधिको प्रमुख पाँच दाबेदार यस प्रकार देखिन्छन् ।

५.मुम्बई इंन्डियन्स

पाँच पटकको च्याम्पियन मुम्बईले यस सिजनमा टिम सन्तुलनको लागि अष्ट्रेलिया अलराउन्डर क्यामरन ग्रीनलाई १७ करोड ५० लाख भारु खर्चिएको थियो । क्यामरन ग्रीनको आगमनले मुम्बईको टोली थप सन्तुलित बन्नेछ । तीव्र गतिका बलर जोफ्रा आर्चर पनि टोलीमा हुनेछन् । गतवर्ष उनी खेल्न नसक्ने भएपनि यस सिजनको लागि नै मुम्बईले आर्चरलाई अक्सनमा ८ करोड भारु खर्चिएको थियो ।

मुम्बईको ब्याटिङ लाइनअप उत्कृष्ट छ । मुम्बईको टोलीमा रोहित शर्मा, सूर्यकुमार यादव, ईशान किशन, डेवाल्ड ब्रेभिस, टिम डेविड, क्यामरन ग्रीन जस्ता टि२० विशेष खेलाडी छन् । सूर्यकुमार यादव वर्तमान टि२० क्रिकेटका उत्कृष्ट ब्याटरमा पर्दछन् । भारतीय टोलीबाट टि२० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । रोहितसँग अनुभव छ । डेवाल्ड व्रेभिस बेबी एवि डिभिलियर्सको रुपमा चिनिन्छन् ।

तल्लोक्रममा जोफ्रा आर्चर, टिम डेविड र अर्जुन तेन्दुलकरले राम्रो ब्याटिङ गर्ने गर्दछन् । मुम्बईको तीव्र गतिको बलरमा जोफ्रा आर्चर, क्यामरन ग्रीन, अर्जुन तेन्दुलकर हुनेछन् । आर्चर म्याच विनर बलर हुन् । उनको गति र बाउन्सरमा विपक्षी इनिङ धरासयी बन्न सक्छ ।

मुम्बईसँग आर्चरलाई छाड्दा जेसन बेहरनडोर्फ र डुवान यानसन तीव्र गतिका बलरको रुपमा छन् । अनुभवी स्पिनर पियुष चवलामाथि स्पिन आक्रामणको जिम्मेवारी हुनेछ । उनले आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् । तिलक बर्मा स्पिन अलराउन्डरको रुपमा खेल्नेछन् ।

अर्कोतर्फ आइपिएलमा रोहितको कप्तानी पनि राम्रो छ । कुनैपनि टोली राम्रो भएर मात्रै हुँदैन । त्यसलाई खेलमा चलाउन सक्नुपर्ने हुन्छ । मुम्बईको ब्याटिङ उत्कृष्ट हुँदा उपाधिको दाबेदारको रुपमा हेरिएको छ ।

मुम्बईको टोली

क्यामरन ग्रीन, रोहित शर्मा, ईशान किशन, जस्प्रित बुमराह, टिम डेविड, सूर्यकुमार यादव, जोफ्रा आर्चर, डेवाल्ड ब्रेभिस, तिलक बर्मा, झेय रिचर्डसन, जेसन बेहरनर्डोफ, पियुष चवला, अर्जुन तेन्दुलकर, रमनदीप सिंह, साम्स मुलानी, नेहाल अधेरा, कुमार कार्किकेय, ऋतिक शौकीन, आकाश मधवाल, अर्शद खान, राधव गोयल, दुवान यानसन, ट्रिस्टन स्टब्स र विष्णु विनोद ।

४. सनराइजर्स हैदराबाद

एडेन माक्ररमको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद सन्तुलित टोली छ । युवा खेलाडीको जोशले भोरिएको छ । ह्यारी ब्रुक, मयंक अग्रवाल, एडेन माक्ररम, राहुल त्रिपाठी, हेनरिक क्लासेन र ग्लेन फिलिप्स जस्ता युवा ब्याटर टोलीमा छन् । राहुल त्रिपाठीले भारतीय टोलीमा पछिल्लो समय राम्रो प्रभाव छाडेका छन् ।

मयंक अग्रवाल पनि राम्रो ब्याटिङ गर्दछन् । इंग्ल्यान्डका ह्यारी ब्रुक आक्रामक ब्याटिङका लागि चर्चित छन् । ब्रुकले स्पिन धेरै राम्रो खेल्ने गर्दछन् । मध्यक्रम ब्रुकले धान्नेछन् । ब्रुकलाई किन्न हैदराबादले १३ करोड २५ लाख भारु खर्चिएको थियो । हैदराबादको ब्याटिङ सन्तुलित छ । वासिन्टन सुन्दर, अभिषेक शर्मा, मार्को यानसन, अब्दुल शर्मा र अकिल हुसैन अलराउन्डरको रुपमा टोलीमा छन् ।

हैदराबादमा उमरान मलिक, टि नटराजन र भुवनेश्वर कुमार जस्ता तीव्र गतिका बलर छन् । उमरान गति, नटराजन योर्कर र भुवनेश्वर कुमार स्वींगका लागि चिनिन्छन् । स्पिनरमा आदिल राशिद र वासिन्टन सुन्दर छन् । हैदराबादको बलिङ प्रमुख हतियार हो । टि२० क्रिकेटमा ब्याटिङ भन्दा बलिङको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ ।

टोलीमा ठूला नाम नभएपनि खेल जिताउन सक्ने खेलाडी छन् । युवा खेलाडी हुँदा गल्ती पनि चाँडै सुधार गर्नसक्छन् । हैदराबाद उपाधिको दाबेदार टोलीको रुपमा छ ।

हैदराबादको टोली :

ह्यारी ब्रुक, वासिन्टन सुन्दर, राहुल त्रिपाठी, मयंक अग्रवाल, अभिषेश शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, मार्को यानसन, कार्तिक त्यागी, अब्दुल शर्मा, उमरान मलिक, टि नटराजन, विवरांत शर्मा, एडेन माक्ररम, आदिल राशिद, मयंक डागर, ग्लेन फिलिप्स, अकिल हुसैन, मयंक मारकान्डे, फजलहक फारुकी, उपेन्द्र यादव, सनविर सिंह, नितेश कुमार रेड्डी, अनोमलप्रीत सिंह र सामर्थ ब्यास ।

३. चेन्नई सुपर किंग्स

कुनैपनि टोली च्याम्पियन हुन खेलाडी राम्रो भएर मात्रै हुँदैन । कप्तान पनि उत्कृष्ट हुनुपर्छ । विश्व क्रिकेटकै एक सफल कप्तान महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछन् । धोनीको कप्तानीमा चेन्नईले पाँचौं उपाधि जित्न सक्छ । आइपिएलको सर्वाधिक सफल टोली चेन्नईमा धोनी, बेन स्टोक्स र डेभन कन्वे जस्ता म्याच विनर खेलाडी छन् ।

बेन स्टोक्स वर्तमान समयका विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर हुन् । स्टोक्स धोनी पछिका चेन्नईका कप्तानका दाबेदार हुन्छन् । इंग्ल्यान्डलाई २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टि२० विश्वकप जिताउन स्टोक्सको भूमिका महत्वपूर्ण छ । स्टोक्स एक्लै खेल जिताउन सक्ने खुबी भएका अलराउन्डर हुन् ।

स्टोक्सको आगमनले चेन्नई मजबुत बनेको छ । कन्वेले तीनै संरचना क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा सानदार प्रदर्शन गर्दै आएका छन् । धोनी, स्टोक्स र कन्वे जस्ता तीन सुपर स्टार टोलीमा हुँदा चेन्नई मजबुत बनेकोछ । यी तीनै खेलाडी जिम्मेवारीको रुपमा चिनिन्छन् ।

आफ्नो करिअरको अन्त्यतिर आएका धोनी उपाधिका साथ क्रिकेट करिअरबाट बिदा लिन चाहन्छन् । चेन्नईसँग युवा ओपनर ऋतुराज गायकवाड पनि छन् । गायकवाडले आइपिएल र भारतीय घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । रविन्द्र जडेजा, मोईन अली र शिबम दुबे जस्ता म्याच विनर अलराउन्डर छन् । अम्बाती रायुडु र अजिंक्या रहाणे जस्ता अनुभवी ब्याटर छन् ।

स्पिनरमा महेश थिक्सेना, जडेजा, मोईन अली छन् । तीव्र गतिका बलरमा दीपक चाहर, मथिसा पाथिराना, राजवर्धन हांगरगेकर, ड्वेन प्रिटोरियस र सिसन्डा मगला छन् । चेन्नई उपाधि दाबेदार हुनुमा अनुभवी खेलाडी पनि हो । अनुभवको फाइदा उठाउँदै दबाब वा खराब प्रदर्शनमा पनि राम्रो खेल्न सक्छन् । धोनीको कप्तानी, अनुभवी खेलाडी र सन्तुलित टोली हुँदा उपाधि दाबेदार देखिन्छ ।

चेन्नईको टोली :

बेन स्टोक्स, रविन्द्र जडेजा, दीपक चाहर, महेन्द्रसिंह धोनी, मोईन अली, अम्बाती रायुडू, ऋतुराज गायकवाड, शिवम दुबे, मिचेल सान्टनार, राजवर्धन हांगरगेकर, प्रशान्त सोलन्की, डेभन कन्वे, काइल जेमिसन(चोटका कारण बाहिरिएका) , सिसन्डा मगला, महेश थिक्सना, निशान्त सिन्धु, अजिक्या रहाणे, ड्वेन प्रिटोरियस, अजय मंडल, सुभ्रान्शु सेनापती, मुकेश चौधरी, सिमरजित सिह, मथिसा पाथिराना, शैक राशिद र तुषार देशपान्डे ।

२. दिल्ली क्यापिटल्स

रिकी पोन्टिङको मुख्य प्रशिक्षकमा रहेको दिल्ली क्यापिटल्स उपाधिको प्रमुख दाबेदार टोली हो । दिल्लीको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ । दिल्लीको कप्तानी डेविड वार्नरले गर्नेछन् ।

वार्नर र पृथ्वी शाले ओपनिङ गर्नेछन् । भारतीय टोलीबाट बाहिर रहेका शा सानदार प्रदर्शनका साथ टोलीमा फर्कन चाहन्छन् । तेस्रो नम्बरमा मिचेल मार्श हुनेछन् ।

मार्श दुई साता अघि सम्पन्न भारतसँगको एकदिवसीय सिरिजमा सानदार प्रदर्शन गदैै प्लेयर अफ द सिरिज चुनिएका थिए । २०२१ को टि२० विश्वकप उपाधि जिताउन मार्श नायक बनेका थिए । वार्नर र मार्श ठूला खेलका लागि चिनिन्छन् । चौथो नम्बरमा मनिष पाण्डे खेल्ने सम्भावना छ ।

पाँचौं नम्बरमा शरफराज खान र छैटौं नम्बरमा रोभम्यान पावेल हुनेछन् । रोभम्यान पावेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनी क्रिजमा टिक्दा सहज जित दिलाउन सक्ने खुबी भएका ब्याटर हुन् ।

अक्षर पटेल र यश धुल राम्रो अलराउन्डर हुन् । जसले गर्दा ब्याटिङमा दिल्लीको गहिराई छ । मार्शको विकल्पमा राइली रोसोउ र फिलिप साल्ट छन् । राइली टि२० विशेष ब्याटर हुन् । दिल्लीको तीव्र गतिको बलिङमा एनरिच नोर्किया, मुकेश कुमार र खलिल अहमद खेल्नेछन् ।

तीव्र गतिको बलरमा लुंगी एनगिडी इम्प्याक्ट प्लेयरमा खेल्न सक्छन् । जसले गर्दा झनै मजबुत बन्नेछ । स्पिनरमा कुलदीप यादव र अक्षर पटेलको जोडी हुनेछन् ।

दिल्लीको बलिङ र ब्याटिङ दुबै उत्कृष्ट छ । पोन्टिङ उत्कृष्ट प्रशिक्षक मानिन्छन् । सौरभ गांगुली मेन्टरको रुपमा छन् । ऋषभ पन्त दुर्घटनाको कारण नहुँदा थोरै असर गर्नेछ । तर दिल्लीले यस सिजनमा सानदार प्रदर्शनक साथ उपाधि जित्न सक्ने अनुमान गरिएको छ ।

दिल्लीको टोली :

डेविड वार्नर, पृथ्वी शा, राइली रोसोउ, शरफराज खान, मनिष पाण्डे, यश धुल, ऋषभ पन्त(यस सिजन दुर्घटनाको कारण खेल्न नसक्ने), ईशान पोरेल, फिलिप साल्ट, अक्षर पटेल, मिचेल मार्श, रोभमान पावेल, ललित यादव, रिपल पटेल, अमान खान, प्रविन दुबे, विक्की ओस्टल, एनरिच नोर्किया, कुलदीप यादव, खलिल अहमद, ईशान्त शर्मा, चेतन सकारिया, मुश्ताफिजुर रहमान, लुन्गी एनगिडी, मुकेश कुमार र कमलेश नगरकोटी ।

१. राजस्थान रोयल्स

राजस्थान रोयल्स यस सिजनमा उपाधि जित्न सक्ने प्रमुख दाबेदार टोली हो । गत टि२० विश्वकप विजेता जस बटलर राजस्थानका प्रमुख ब्याटर हुन् । बटलर विष्फोटक ब्याटिङका लागि चिनिन्छन् ।

राजस्थानको ब्याटिङ लाइनअप उत्कृष्ट छ । बटलर, सन्जु स्यामसन, शिम्रन हेटमायर, देवदत्त पाडिक्कल, यशस्वी जैसवाल जस्ता खेलाडी छन् ।

स्यामसनलाई भारतीय र हेटमायरलाई वेस्टइन्डिजको टोलीमा फर्किन आइपिएलमा सानदार प्रदर्शन गर्नुपर्ने दबाब छ । स्यामसन, बटलर र हेटमायर जस्ता टि२० विशेष खेलाडी एकै टोलीमा हुँदा ब्याटिङमा सानदार प्रदर्शन गर्नसक्छ ।

जो रुट पहिलो पटक आइपिएलमा डेब्यू गर्ने सोचमा हुनेछन् । रुट इम्प्याक्ट प्लेयरको रुपमा खेल्न सक्छन् । जेसन होल्डर म्याच विनर अलराउन्डर हुन् । राजस्थानको तीव्र गतिको बलिङमा ट्रेन्ट बोल्ट, ओबेद म्याककोय, कुलदीप सेन र सन्दीप शर्मा हुनेछन् ।

स्पिनरमा भारतीय सर्वाधिक सफल स्पिनर मध्यका एक युजभेन्द्र चहल र अष्ट्रेलिया एडम जाम्पा छन् । रियान पराग फिनिसरको रुपमा खेल्नेछन् । टोली सन्तुलन हुँदा उपाधिको दाबेदार देखिन्छ ।

राजस्थानको टोली :

सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.