3 years ago
March 30, 2023
एजेन्सी – विकेटकिपर ऋषभ पन्तको स्थानमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा २० वर्षीय युवा ब्याटर अभिषेक पोरललाई टोलीमा भित्र्याएको छ । पन्त गत डिसेम्बरमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । त्यसैको कारण पन्तले आइपिएल खेल्न सक्ने छैनन् ।

दिल्लीले क्याम्पमा प्रशिक्षण गराएपछि अभिषेक पोरेललाई आधिकारिक रुपमा पन्तको स्थानमा टोलीमा राखेको छ । २० वर्षीय बायाँ हाते ब्याटर पोरेलले १७ प्रथम श्रेणी, समान तीन लिष्ट ए र टि२० खेल खेलेका छन् । घरेलु क्रिकेटमा उनले राम्रो प्रभाव छाडेका छन् ।
बंगालबाट घरेलु क्रिकेट खेल्ने अभिषेकले सैद मुश्ताक अली ट्रफीमा उडिसाविरुद्ध १४ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहेका थिए । उनले टि२० खेलमा खेलेको त्यो नै उच्च प्रदर्शन हो । प्रथम श्रेणीमा पछिल्लो समय राम्रो प्रभाव छाड्दै आएका छन् ।
घरेलु क्रिकेटमा उनको विकेटकिपिङबाट प्रभावित भएर दिल्लीले क्याम्पमा राखेको थियो । पारेलसँगै अन्य तीन विकेटकिर शेल्डन ज्याकसन, लभनिथ सिसोडा र विवेक सिंह दिल्लीको क्याम्पमा रहेका थिए । क्पाम्यमा खेल हरेपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङ र निर्देशक सौरभ गांगुलीले पारेरलाई टोलीमा राख्ने निर्णय लिएका थिए । पोरेल ब्याकअप विकेटकिपरको रुपमा रहनेछन् ।

दिल्लीको पहिलो रोजाईको विकेटकिपरमा सरफराज खान खेल्नेछन् । दिल्लीसँग विकेटकिपरको रुपमा शरफराज खान र फिलिप साल्ट छन् । चार विदेशी खेलाडीको कोटामा मिचेल मार्श, डेविड वार्नर, एनरिच नोर्किया र रोभम्यान पावेल खेल्ने सम्भावना छ ।
फिलिप साल्ट, राइली रोसोउ, मुश्ताफिजुर रहमान र लुंगी एनगिडी पनि विदेशी खेलाडीको रुपमा छन् । आइपिएल शुक्रबारदेखि भारतमा सुरु हुँदैछ । पन्त बाहिरिएपछि दिल्लीको कप्तानी डेविड वार्नरले गर्नेछन् । दिल्लीले पहिलो खेल शनिबार लखनउ सुपर जायन्ट्ससँग खेल्दै सुरुवात गर्नेछ । दिल्ली उपाधिको दाबेदार टोलीमा पर्छ ।
दिल्लीको टोली :
डेविड वार्नर, पृथ्वी शा, राइली रोसोउ, शरफराज खान, मनिष पाण्डे, यश धुल, ऋषभ पन्त, अभिषेक पोरेल, फिलिप साल्ट, अक्षर पटेल, मिचेल मार्श, रोभमान पावेल, ललित यादव, रिपल पटेल, अमान खान, प्रविन दुबे, विक्की ओस्टल, एनरिच नोर्किया, कुलदीप यादव, खलिल अहमद, ईशान्त शर्मा, चेतन सकारिया, मुश्ताफिजुर रहमान, लुन्गी एनगिडी, मुकेश कुमार र कमलेश नगरकोटी ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]