default_image

3 years ago

March 30, 2023

क्वालिफायर प्लेअफमा आज अमेरिका र युएईबीच प्रतिस्पर्धा हुँदै

239 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा आज उपाधि दाबेदार युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ५ मा युनाइटेड क्रिकेट क्लब विन्डहोकमा सुरुहुनेछ।

शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्न दुबै टोलीलाई जितको आवश्यक देखिन्छ ।अमेरिका बुधबार क्यानडासँग २६ रनले स्तब्ध भएको थियो । घरेलु टोली नामिबियालाई ८० रनले हराएको थियो । युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई २१ रनले हराएको थियो ।

प्लेअफ क्वालिफायरमा अमेरिका, नामिबिया, क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी छन् । शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी मध्य शीर्ष दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । ओडिआई मान्यताको लागि यी चार टोलीबीचको प्रदर्शनलाई हेरिनेछ ।

नामिबिया र अमेरिकाले ओडिआई मान्यता लिग २ बाट बचाएका थिए । ओडिआई मान्यताको लागि अमेरिका र नामिबियासँगको खेलले भने बाँकी चार टोलीलाई फरक पर्ने छैन । युएई लगातार दोस्रो जित निकाल्न चाहन्छ । पपुवा न्युगिनीलाई हराउन आयन खान अफ्जलले ९४ रनको सानदार प्रदर्शन गरेका थिए ।

कप्तान मोहम्मद वासिमले ९६ रन जोडेका थिए । अन्य ब्याटर चलेका थिएनन् । युएई वृत्य अरविन्द, आसिफ खान र रमिज शाहजादबाट सानदार उत्कृष्ट ब्याटिङ चाहन्छ । तीव्र गतिका बलर जुनैद सिद्दिक र जहुर खानले उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ ।
अमेरिका १ सय ९९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ७२ रनमा अल आउट भएको थियो ।

स्टिभ टेलरलाई क्यानडासँग विश्राम दिँदा आज टोलीमा फर्किनेछन् । कप्तान मोनांक पटेल, आरोन जोन्स र सुशान्त मोदानीबाट उत्कृष्ट ब्याटिङ चाहन्छ । युनाइटेड ग्राउन्ड ब्याटिङ सहयोगी मानिन्छ ।

बुधबार उक्त मैदानमा नामिबियाले पपुवा न्युगिनीविरुद्ध ३ सय ८१ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा पपुवा न्युगिनीले ३ सय ३३ रन बनाएको थियो । छोटो बाउन्ड्री हुँदा विशाल योगफल बनाउनु पर्ने हुन्छ ।

त्यस्तै आजको दोस्रो खेलमा नामिबिया र जर्सीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा अमेरिकासँग पराजित भएको नामिबियालाई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुग्न यो खेलमा जित निकाल्नै पर्ने हुन्छ । पपुवा न्युगिनीविरुद्ध ३ सय ८१ रन बनाएको नामिबियाको मनोबल पनि उच्च छ ।

नामिबियाका जेरार्ड इरास्मसले १ सय २५ र निकोलस डेविनले ९० रनको इनिङ खेलेका थिए । मध्यक्रमका ब्याटर माइकल भान लिंगेनबाट नामिबिया उत्कृष्ट प्रदर्शन चाहन्छ । जर्सी आफ्नो दोस्रो ओडिआई खेल खेल्दैछ । जर्सी उत्कृष्ट प्रदर्शनका साथ नामिबियालाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

क्यानडा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । युएई १ खेलमा २ मा जितका साथ तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । जर्सी एक र दुई खेलमा जित विहीन हुँदै पाँचौं र पपुवा न्युगिनी छैटौं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.