default_image

3 years ago

March 30, 2023

सीता सर्वोत्कृष्ट, रुविना र निशा उत्कृष्ट

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी सीताराना मगर ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । एपिएफलाई लगातार तेस्रो पटक च्याम्पियन बनाउन सानदार अलराउन्ड प्रदर्शन गरेकी सीता प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् ।

सीताले ५ खेलमा २ अर्धशतकसहित कुल २ सय १४ रन बनाउनुको साथै ८ विकेट लिइकी थिइन् । सीता पाँच मध्य चार खेलमा प्लेयर अफ द म्याच चुनिएकी थिइन् । सीताले मधेश प्रदेशविरुद्ध ४५ रनमा अविजित रहनुको साथै ३ विकेट लिएकी थिइन् ।
सुदूरपश्चिमविरुद्ध ५२ रनमा अविजित रहनुको साथै १ विकेट लिइन् ।

कोशीविरुद्ध १९ रन बनाउनुको साथै ३ विकेट लिएकी थिइन् । सुरुवाती तीनै खेलमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् । फाइनलमा सीताले कोशीविरुद्ध ७९ रनको इनिङ खेलेकी थिइन् । प्रतियोगिताभर सीताले १ सय ९९ बल खेल्दा ३१ चौका र २ छक्का हानेकी थिइन् । सर्वोत्कृष्ट सीताले ३० हजार प्राप्त गर्नेछिन् ।

कोशीको कप्तान रुविना क्षेत्रीबेलबासे उत्कृष्ट ब्याटर र युवा तीव्र गतिकी बलर निशा शाह बलर चुनिन् । रुविनाले ५ खेलमा १ सय ३९ रन बनाएकी थिइन् । कोशीकी निशा शाहले ५ खेलमा १६ ओभर बलिङ गरेर ६२ रन खर्चिदै ६ विकेट लिएकी थिइन् । निशाले ललितपुर ११ विरुद्ध, ३, मधेशविरुद्ध २ र एपिएफसँग एक विकेट लिएकी थिइन् ।

रुविनाले ललितपुरविरुद्ध १३, एपिएफसँग २४, सुदूरपश्चिमविरुद्ध २८ रन बनाउनुको साथै ३ विकेट लिएकी थिइन् । त्यस्तै मधेशविरुद्ध ३९ र एपिएफसँग ३५ रन जाडेकी थिइन् । रुविना र निशाले समान १५ हजार प्राप्त गर्नेछन् ।

एपिएफले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो । जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । ललितपुर मेयर्स प्रतियोगिता इतिहासमा एकै इनिङमा बनेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि पहिलो संस्करणको ललितपुर मेयर्समा ललितपुर ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।

एपिएफको जितमा कप्तान सीता ६८ बलमा ९ चौका र २ छक्कासहित ७८ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए ।

उपकप्तान इन्दु बर्मा ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले दुई लाख र उपविजेता कोशीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.