default_image

3 years ago

March 30, 2023

एमलाइफ नेपालगन्जलाई केपिएल क्रिकेट उपाधि

166 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– एमलाइफ क्रिकेट क्लबले खैरी प्रिमियम लिग २०२३ (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमाभएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो ।

मनोज यादवको कप्तानमा रहेको एमफाइफले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ७२ रन जोड्न सफल भयो । १ सय ७३ रनको विजयी लक्ष्य पाएको रनियापुर १ सय ३० रनमै सिमितभएको थियो । एमलाईफका लागि सर्वाधिक ४७ रनको योगदान गरेका रविन्दर म्यानअफ द सिरिज घोषित भए ।

एमलाइफले विजयी ट्रफी सहित ४० हजार रुपैयाँ प्राप्त गर्यो । रनियापुरले २० हजार रुपैयाँ प्राप्त गरे । ब्ल्याक बक क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा भारतीय २ सहित बाँके र बर्दियाका गरी १२ टोलीका सहभागिता थियो ।

एमलाइफले डेब्यु प्रतियोगितामा उपाधि जित्दा निकै उत्साहित बनेका एमलाईफका सिइओ राजकुमार चन्दले आगामी दिनमा समेत प्रतियोगितामा निरन्तर टोलीको सहभागिता रहने बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.