default_image

3 years ago

March 30, 2023

आसिफको सानदार शतकमा युएईको अमेरिकालाई बलियो लक्ष्य

177 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर आसिफ खानको सानदार शतकमा युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा अमेरिकालाई २ सय ८० रनको बलियो लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७९ रन बनायो ।

युएईका आसिफ खानले ८४ बलमा ९ चौका र २ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेले । आसिफले ८१ बलमा करिअरको दोस्रो शतक पूरा गरेका थिए । दुई साता अघि आसिफले लिग-२ को अन्तिम खेलमा नेपालविरुद्ध टियु मैदानमा ११ छक्कासहित ४१ बलमै शतक हानेका थिए । उनको यो करिअरको दोस्रो शतक हो । उच्च लयलाई निरन्तरता दिँदै शतक हानेका हुन् ।

युवा ब्याटर वृत्य अरविन्द ६८ बलमा ६ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ओपनर मोहम्मद वासिम २ र आर्यन लाक्रा २६ रनमा आउट भएका थिए । रोहन मुस्तफा ५३ बलमा १ चौका र २ छक्कासहित ३८ रनमा रन आउट भए । जुनैद सिद्दिक ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

अमेरिकाका निसर्ग पटेलले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । जेसी सिंहले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकर र अली खानले एक एक विकेट लिए ।

प्लेअफ क्वालिफायरमा अमेरिका, नामिबिया, क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी छन् । शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी मध्य शीर्ष दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । ओडिआई मान्यताको लागि यी चार टोलीबीचको प्रदर्शनलाई हेरिनेछ ।

नामिबिया र अमेरिकाले ओडिआई मान्यता लिग २ बाट बचाएका थिए । ओडिआई मान्यताको लागि अमेरिका र नामिबियासँगको खेलले भने बाँकी चार टोलीलाई फरक पर्ने छैन । युएई लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई २१ रनले हराएको थियो । पपुवा न्युगिनीलाई हराउन आयन खान अफ्जलले ९४ रनको सानदार प्रदर्शन गरेका थिए । युएईले ओडिआई मान्यता जोगाउन कम्तिमा जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.