3 years ago
March 30, 2023
एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि २० वर्षीय तीव्र गतिका बलर आकाश सिंहलाई टोलीमा समेटेको छ । तीव्र गतिका बलर मुकेश चौधरी घाइते भएपछि आकाशलाई उनको स्थानमा लिएको हो ।

२० वर्षीय बायाँ हाते बलर आकाशले भारतबाट २०२० को यू-१९ विश्वकप खेलेका थिए । उनले २०२१ मा चेन्नई सुपर किंग्सविरुद्ध राजस्थान रोयल्सबाट डेब्यू गरेका थिए । उनले पाँच प्रथम श्रेणी, समान ९ लिष्ट ए र टि२० खेल खेलेका छन् ।
बायाँ हाते तीव्र गतिका बलर मुकेश चौधरी टोलीमा नहुँदा चेन्नईको तीव्र गतिको बलिङ आक्राणमा ठूलो असर पर्नसक्छ । गतवर्ष आइपिएलमा मुकेशले १३ खेलमा १६ विकेट लिएका थिए । उनले प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए । चेन्नईका दीपक चाहर, ड्वेन प्रिटोरियस, राजवर्धन हांगरगेकर र मथिसा पाथिराना प्रमुख तीव्र गतिका बलरको रुपमा छन् ।
चेन्नईले शुक्रबार आइपिएलको पहिलो खेलमा गुजरात टाइटन्ससँग खेल्नेछ । खेल नेपाली समय अनुसार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ७ : ४५ मा सुरु हुनेछ ।

चेन्नईको टोली :
बेन स्टोक्स, रविन्द्र जडेजा, दीपक चाहर, महेन्द्रसिंह धोनी, मोईन अली, अम्बाती रायुडू, ऋतुराज गायकवाड, शिवम दुबे, मिचेल सान्टनार, राजवर्धन हांगरगेकर, प्रशान्त सोलन्की, डेभन कन्वे, महेश थिक्सना, निशान्त सिन्धु, अजिक्या रहाणे, ड्वेन प्रिटोरियस, अजय मंडल, सुभ्रान्शु सेनापती, सिमरजित सिह, मथिसा पाथिराना, शैक राशिद र तुषार देशपान्डे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]