3 years ago
March 31, 2023
एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ आजदेखि भारतका विभिन्न सहरमा सुरुहुँदैछ । १० टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ । कोरोना महामारीपछि पहिलो पटक होम अबे मैदानमा आइपिएल हुँदैछ ।

आइपिएलमा सर्वाधिक धेरै उपाधि मुम्बई इन्डियन्सले पाँच, चेन्नई सुपर किंग्सले चार, कोलकाता नाइट राइडर्सले दुई, राजस्थान रोयल्स, गुजरात टाइटन्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले समान एक पटक उपाधि जितेका छन् ।
आइपिएलको यो १६ औं संस्करण हो । यस संस्करणमा दुई नियम परिवर्तन भएका छन् । अव इम्प्याक्ट प्लेयर नियम लागु हुनेछ । प्लेइङ ११ मा भएको एक खेलाडी खेलको दौरानमा परिवर्तन गर्न पाइने छ । नियम अनुसार १४ ओभर भित्र फ्रेन्चाइज टोलीले इम्प्याक्ट खेलाडी परिवर्तन गर्नसक्छन् ।
फ्रेन्चाइज टोलीले टसको समयमा चार वैकल्पिक खेलाडीको नाम बुझाएका हुनेछन् । जसबाट एक खेलाडी टोलीले आवश्यकता अनुसार १४ ओभर भित्र प्रयोग गर्न सक्छ । टोलीले प्लेइङ ११ टस पछि मात्रै बुझाउनेछन् ।
पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ ः ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरुहुनेछ । चेन्नई चार पटक र गुजरात साविक विजेता टोली हुन् । चेन्नईको महेन्द्रसिंह धोनी र गुजरातको हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् ।

चेन्नईमा धोनीसँगै बेन स्टोक्स, ऋतुराज गायकवाड, डेभन कन्वे, महेन्द्रसिंह धोनी र अजिक्या रहाणे जस्ता ब्याटर छन् । अलराउन्डरमा रविन्द्र जडेजा, मोईन अली, ड्वेन प्रिटोरियस, शिवम दुबे लगायतका खेलाडी छन् । धोनी, बेन स्टोक्स र कन्वे प्रमुख हतियार हुन् ।
उता गुजरातमा डेविड मिलर, शुभमन गिल, केन विलियम्सन, म्याथ्यु वेड जस्ता ब्याटर छन् । अलराउन्डरमा हार्दिक पान्ड्या, राशिद खान, राहुल टेवाटिया र ओडेन स्मिथ छन् । हार्दिक, राशिद र मिलर गुजरातका प्रमुख हतियार हुन् । आइपिएलमा यी दुई टोलीबीच दुई खेल हुँदा चेन्नईले गुजरातलाई हराउन सकेको छैन ।
चेन्नईका दुई प्रमुख खेलाडी काइल जेमिस र मुकेश चौधरी चोटका कारण टोलीबाट बाहिरिएका छन् । चेन्नईको बलिङ आक्राण केहि कमजोर बन्नसक्छ । गुजरातमा भने हालसम्म कुनै खेलाडी चोटका कारण बाहिरिएका छैनन् ।
चेन्नईको टोली
बेन स्टोक्स, रविन्द्र जडेजा, दीपक चाहर, महेन्द्रसिंह धोनी, मोईन अली, अम्बाती रायुडू, ऋतुराज गायकवाड, शिवम दुबे, मिचेल सान्टनार, राजवर्धन हांगरगेकर, प्रशान्त सोलन्की, डेभन कन्वे, सिसन्डा मगला, महेश थिक्सना, निशान्त सिन्धु, अजिक्या रहाणे, ड्वेन प्रिटोरियस, अजय मंडल, सुभ्रान्शु सेनापती, आकाश सिंह, सिमरजित सिह, मथिसा पाथिराना, शैक राशिद र तुषार देशपान्डे ।
गुजरातको टोली :
हार्दिक पान्ड्या, राशिद खान, राहुल टेवाटिया, शुभमन गिल मोहम्मद शामी, शिवम माभी, जोशुवा लिटिल यश दयाल, रविसाई किशोर, डेविड मिलर, अभिनव मनोहर, म्याथ्यु वेड, अल्जारी जोशेफ, केन विलियम्सन, ऋद्धिमान शाह, जयन्त यादव, विजय शंकर, श्रिकर भरत, मोहित शर्मा, ओडेन स्मिथ, नुर अहमद,दर्शन नलकाण्डे, उरविल पाटिल, साई सुदर्शन र प्रदीप सांगवान ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]