default_image

3 years ago

March 31, 2023

नेपाल जस्तै श्रीलंकाले पनि विश्वकप छनोट खेल्ने

264 views

0 Bookmark

एजेन्सी – विश्वकप विजेता श्रीलंकाले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउन छनोट खेल्नुपर्ने भएको छ । आइसिसी सुपर लिगको अन्तिम खेलमा श्रीलंका घरेलु टोली न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएसँगै सोझै विश्वकपमा स्थान बनाउने सम्भावना समाप्त भएको छ ।

श्रीलंका सुपर लिग मा २४ खेलमा ७ मा जित र १३ मा हारसहित ८१ अंकका साथ नवौं स्थानमा अन्त्य गरेको छ । योसँगै अपौचारिक रुपमा छनोट खेल्ने पक्का भएको छ । सुपर लिगको नियम अनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् । भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगि सकेका छन् ।

अव वेस्टइन्डिज, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १३ मा हारसहित ७८ अंकका साथ १० औं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंक्का साथ ११ औं स्थानमा छन् । आयरल्यान्डले पनि अन्तिम तीन खेल घरेलु मैदानमा बंगलादेशसँग खेल्नेछ । दक्षिण अफ्रिकाले अन्तिम दुई खेल नेदरल्यान्ड्सँग खेल्दैछ ।

यदि आयरल्यान्ड र दक्षिण अफ्रिका दुबैले बाँकी सबै खेल जिते समान ९८ अंक हुनेछ । हेड टु हेड १–१ को बराबरीमा हुँदा नेटरनरेटमा माथि रहने टोलीले विश्वकपमा स्थान बनाउने समिकरण देखिन्छ । वेस्टइन्डिज विश्वकपमा पुग्न दक्षिण अफ्रिका र आयरल्यान्डले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ ।

आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागीता रहनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् । सुपर लिगबाट श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले छनोट खेल्ने पक्का भएको छ । अव दक्षिण अफ्रिका, आयरल्यान्ड र वेस्टइन्डिज मध्य दुई टोलीले छनोट खेल्नुपर्ने हुन्छ । वेस्टइन्डिज र आयरल्यान्डले छनोट खेल्ने उच्च सम्भावना छ ।

लिग २ मा नेपाल, स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली अमेरिका, नामिबिया, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सीबीच प्रतिस्पर्धा जारी छ । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा एकअर्कासँग सबै टोलीले खेलेपछि शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । श्रीलंका नेपालको समूहमा पर्छ वा पर्दैन त्यो भने निर्धारण भएको छैन । आइसिसीले विश्वकप छनोटको निर्धारण गरेको छैन ।

श्रीलंका सन् १९९६ को एकदिवसीय तथा २०१४ को टि२० विश्वकप च्याम्पियन टोली हो । तर सुपर लिग मा २४ मध्य ७ खेल मात्रै जितेपछि छनोट खेल्नु परेको हो । अन्तिम ओडिआई खेलमा श्रीलंका सेडन पार्क हामिल्टनमा टस जितेर पहिला ब्याटिङ गर्दै ४१.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो ।

श्रीलंका पाथुम निसंका ६४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनमा रन आउट भए । न्युजिल्यान्डका म्याट हेनरी, हेनरी शिफ्ले र डर्याल मिचेलले समान तीन विकेट लिए ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।विल योंग १ सय १३ बलमा ११ चौकासहित ८६ तथा हेनरी निकोलस ५२ बलमा ५ चौकासहित ४४ रनमा अविजित रहे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.