default_image

3 years ago

March 31, 2023

आइपिएल सुरु हुनुअघि नै १३ खेलाडी घाइते

267 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ सुरु हुनुअघि नै ८ फ्रेन्चाइज टोलीका १३ खेलाडी घाइते भई सकेका छन् । आइपिएल शुक्रबार देखि भारतमा सुरु हुँदैछ । १० टोली सहभागी प्रतियोगितामा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स बाहेक अन्य सबै फ्रेन्चाइज टोलीका खेलाडी घाइते भएका छन् ।

यसले टिम समिकरण र प्रदर्शनमा ठूलो असर पर्ने देखिन्छ । घाइते १३ मध्य ७ खेलाडीले आइपिएल पुरै गुमाउने पक्का भएको छ । जसमध्य ७ तीव्र गतिका बलर घाइते भएका छन् । आइपिएलमा घाइते भएका हालसम्मका १३ खेलाडी यस प्रकार छन् ।

१.रोयल च्यालेन्जर्स बेंगलोर

रजत पाटिदार – बेंगलोरका मध्यक्रमका प्रमुख ब्याटर रजत पाटिदार खुट्टाको कुर्कुच्चामा चोटका कारण आधा सिजन गुमाउने छन् । उनी नहुँदा मध्यक्रममा असर पर्ने देखिन्छ ।

विल ज्याक्स – इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्स खुट्टाको मांशपेशी (मशलमा) चोटका कारण आइपिएल गुमाई सकेका छन् । स्पिन अलराउन्डर ज्याक्स आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

गत डिसेम्बरमा बेंगलोरले अक्सनमा उनलाई ३ करोड २० लाख भारुमा किनेको थियो । ज्याक्स गुमाउने भएपछि बेंगलोरले न्युजिल्यान्डका स्पिन अलराउन्डर माइकल ब्रसवेललाई टोलीमा भित्र्याएको छ । ब्रेसवेलले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

जोश हेजलवुड – तीव्र गतिका बलर जोश हेजलवुडले पनि चोटका कारण सुरुवाती केहि खेल गुमाउने भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

२.राजस्थान रोयल्स :

प्रसिद्ध कृष्णा- राजस्थान रोयल्सका तीव्र गतिका बलर प्रसिद्ध कृष्णाको मेरुदण्डमा चोटका कारण आइपिएल गुमाएका छन् । प्रसिद्धको स्थानमा राजस्थान सन्दीप शर्मालाई मौका दिएको छ ।

३.पन्जाब किंग्स :

जोनी बेयरस्टो – इंग्ल्यान्डका आक्रामक जोनी बेयरस्टो पनि आइपिएलबाट बाहिर सकेका छन् । गल्फ खेल्दा खुट्टामा लागेको चोट ठिक नहुँदा बेयरस्टो बाहिरि सकेका छन् । उनको स्थानमा अष्ट्रेलिया म्याथ्यु शर्टलाई मौका दिएको छ ।

लियाम लिभिङस्टोन : विष्फोटक ब्याटर लियाम लिभिङस्टोनले घुँडामा चोटका कारण शनिबार कोलकता नाइट राइडर्सविरुद्ध खेल गुमाउने पक्का भएको छ ।

४.मुम्बई इन्डियन्स :

जस्प्रित बुमराह– भारतीय क्रिकेट टोलीका प्रमुख बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण आइपिएल नखेल्ने भएका छन् । लामो समयदेखि उनी ब्याक इन्जुरीबाट संघर्ष गर्दै आएका छन् । बुमराहको स्थानमा मुम्बईले बुमराहको स्थानमा सन्दीप वारियरलाई मौका दिएको छ ।

झेय रिचर्ड्सन- मुम्बईका अर्का तीव्र गतिका बलर झेय रिचर्ड्सनले पनि ह्यामस्ट्रिङमा चोटका कारण पुरै सिजन गुमाउने भएका छन् । उनको स्थानमा पनि मुम्बईले अर्को खेलाडी लिएको छैन ।

५.लखनउ सुपर जायन्ट्स :

मोहसिन खान – तीव्र गतिका बल मोहसिन खानले काँधमा चोटका कारण आइपिएलको लिगको सबै खेल गुमाउने भएका छन् ।

६. कोलकता नाइट राइडर्स :

श्रेयस ऐर : कोलकताका कप्तान श्रेयस ऐरले पनि आइपिएलको आधा सिजन गुमाउने भएका छन् । मेरुदण्डको तल्लो भागमा चोटका कारण ऐरले आधा सिजन गुमाउने भएका छन् । त्यसैको कारण कोलकताले कार्यवाहक कप्तान नितिश राणालाई दिएको छ ।

दिल्ली क्यापिटल्स :

ऋषभ पन्त : दिल्लीका विकेटकिपर तथा कप्तान ऋषभ पन्त गत डिसेम्बरमा कार दुर्घटनामा पनि गम्भीर घाइते भएका थिए । पन्तको स्थानमा दिल्लीले २० वर्षीय अभिषेक पोरेललाई टोलीमा मौका दिएको छ ।

८.चेन्नई सुपर किंग्स :

काइल जेमिसन – तीव्र गतिका बलिङ अलराउन्डर काइल जेमिसन ब्याक इन्जुरीकै कारण पुरै सिजन गुमाउने भएका छन् । उनको स्थानमा चेन्नईले दक्षिण अफ्रिका तीव्र गतिका बलर सिसान्डा मगलालाई टोलीमा लिएको छ ।

मुकेश चौधरी- बायाँ हाते तीव्र गतिका बलर मुकेश चौधरी पनि ब्याक इन्जुरीकै कारण आइपिएल गुमाउने भएका छन् । उनको स्थानमा चेन्नईले २० वर्षीय अभिनाश सिंहलाई टोलीमा समेटेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.