3 years ago
March 31, 2023
एजेन्सी – कप्तान पल स्ट्रर्लिङको उत्कृष्ट ब्याटिङमा आयरल्यान्डले तेस्रो तथा अन्तिम टि२० आई खेलमा घरेलु टोली बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । आयरल्यान्डले सिरिज भने सुरुवाती दुई खेल हार्दै पहिला नै गुमाई सकेको थियो ।

जितको लागि १ सय २५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा पल स्ट्रर्लिङले ४१ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए ।
ह्यारी टेक्टर १४ र कर्टिक क्याम्फरले १६ रनमा अविजित रहे । बंगलादेशका राशिद हुसेन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली बंगलादेश १९.२ ओभरमा १ सय २४ रनमा अल आउट भएको थियो । बंगलादेशका शमिम हुसेनले ४२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर लिटन दास ५, रोनी तालुकदार १४, सकिब अल हसन ६ र तौहिद हृदोय १२ रनमा आउट भए ।
आयरल्यान्डका मार्क आदिरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु हुम्फ्रेजले २ ओभरमा १० रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा बंगलादेश २२ रन र दोस्रो खेलमा ७७ रनले विजयी भएको थियो ।
तीन ओडिआई खेलको सिरिज बंगलादेशले २–० ले जितेको थियो । अव बंगलादेश र आयरल्यान्डबीच एक मात्रै टेस्ट खेल हुनेछ । टेस्ट ४ अप्रिलदेखि सुरुहुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]