3 years ago
March 31, 2023
एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध टस जितेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको टसमा गुजरातका कप्तान हार्दिक पान्ड्याले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएका छन् ।

चेन्नईले चार विदेशी खेलाडीको रुपमा मोईन अली, बेन स्टोक्स, डेभन कन्वे र मिचेल सान्टनारलाई मैदान उतारेको छ । आइपिएलमा सर्वाधिक धेरै उपाधि मुम्बई इन्डियन्सले पाँच, चेन्नई सुपर किंग्सले चार, कोलकाता नाइट राइडर्सले दुई, राजस्थान रोयल्स, गुजरात टाइटन्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले समान एक पटक उपाधि जितेका छन् ।
गुजरातको प्लेइङ ११
ऋद्धिमान शाह, शुभमन गिल, केन विलियसम्न, हार्दिक पान्ड्या, विजय शंकर, राहुल टेवाटिया, राशिद खान, मोहम्मद शामी, जोशुवा लिटिल, यश दयाल र अल्जारी जोशेफ ।
चेन्नईको प्लेइङ ११ :
डेभन कन्वे, ऋतुराज गायकवाड, मोईन अली, बेन स्टोक्स, रविन्द्र जडेजा, शिवम दुबे, अम्बाती रायुडू, महेन्द्रसिंह धोनी, मिचेल सान्टनार, दीपक चाहर र राजवर्धन हांगरगेकर
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]