default_image

3 years ago

March 31, 2023

लिटिल बने आइपिएल खेल्ने पहिलो आयरल्यान्डका खेलाडी

196 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिल इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो आयरल्यान्डका खेलाडी बनेका छन् । आइपिएलको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै लिटिललाई डेब्यू दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा लिटिलले आइपिएलमा खेल्दैछन् । उनी आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी बनेका छन् । २३ वर्षीय बायाँ हाते बलर जोशुवा लिटिललाई साविक च्याम्पियन गुजरात टाइटन्सले गत डिसेम्बरमा अक्सनमा ४ करोड ४० लाख भारुमा किनेको छ ।

आइपिएल इतिहासमा उनी आयरल्यान्डबाट पहिलो पटक अक्सनमा बिक्ने खेलाडी समेत बनेका थिए । टि२० विश्वकपमा गत नोभेम्बरमा लिटिलले न्युजिल्यान्डविरुद्ध ह्याट्रिक लिँदै सानदार प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा लिटिलले सानदार प्रदर्शन गर्दै ११ विकेट लिएका थिए । लिटिल नयाँ बल र डेथ ओभर दुबैमा सानदार प्रदर्शनका लागि चिनिन्छन् ।

लिटिलले अक्सनमा ५० लाख भारु न्यूनतम मूल्य तोकेका थिए । तर लखनउ र गुजरातबीच प्रतिस्पर्धा भएपछि करोडमा बिकेका हुन् । लिटिलले ५३ टि२० आई खेलमा ६२ विकेट लिएका छन् ।

उनको टि२० आईमा इकोनमी ७.६५ हुँदा उत्कृष्ट प्रदर्शन ४–२३ छ । उनले २५ ओडिआई खेलमा ३८ विकेट लिएका छन् । लिटिलको बलिङमा भेरै भेरियसन हुँदा गुजरातले उनलाई किनेको हो । गतवर्ष लिटिल चेन्नई सुपर किंग्सको नेटबलरको रुपमा रहेका थिए ।

गुजरातको प्लेइङ ११ :

ऋद्धिमान शाह, शुभमन गिल, केन विलियसम्न, हार्दिक पान्ड्या, विजय शंकर, राहुल टेवाटिया, राशिद खान, मोहम्मद शामी, जोशुवा लिटिल, यश दयाल र अल्जारी जोशेफ ।

चेन्नईको प्लेइङ ११ :

डेभन कन्वे, ऋतुराज गायकवाड, मोईन अली, बेन स्टोक्स, रविन्द्र जडेजा, शिवम दुबे, अम्बाती रायुडू, महेन्द्रसिंह धोनी, मिचेल सान्टनार, दीपक चाहर र राजवर्धन हांगरगेकर

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.