default_image

3 years ago

March 31, 2023

गायकवाडको विष्फोटक ब्याटिङमा चेन्नईको प्रतिस्पर्धात्मक योगफल

310 views

0 Bookmark

एजेन्सी – ओपनर ऋतुराज गायकवाडको विष्फोटक ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित सर्वाधिक ९२ रनको इनिङ खेले ।

गायकवाड तीव्र गतिका बलर अल्जारी जोशेफको १८ औं ओभरको पहिलो फुलटस बलमा छक्का हान्ने धुनमा लङअनमा शुभमन गिलबाट क्याच आउट भएपछि शतक बनाउन ८ रनले चुकेका थिए ।

गायकवाडले २०२१ मा अबुधामी मैदानमा राजास्थान रोयल्सविरुद्ध ६० बलमा १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । गायकवाड चेन्नईबाट एकै खेलमा सर्वाधिक छक्का हान्ने दोस्रो खेलाडी हुन् । उनी अघि मुरली विजयले २०१० मा राजस्थानविरुद्ध ११ छक्का हानेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर डेभन कन्वेलाई एक रनमा बोल्ड गरेका थिए । योसँगै शामीले आइपिएल करिअरमा एक सय विकेट पूरा गरेका थिए । मोईन अली १७ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा क्याच आउट भए । अली राशिद खानको बलमा ऋद्धिमान शाहबाट क्याच आउट भए ।

राशिद खानको बलमा चेन्नईका प्रमुख ब्याटर बेन स्टोक्स एज लागेर शाहबाट क्याच आउट हुन पुगे । स्टोक्सले ६ बलमा १ चौकासहित ७ रन बनाए । बायाँ हाते तीव्र गतिका बलर जोशुवा लिटिलले अम्बाती रायुडूलाई १२ रनमा बोल्ड गरे । लिटिल आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

शिबम दुबे १८ बलमा १ छक्कासहित १९, रविन्द्र जडेजा १ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ७ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे ।

गुजरातका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.