default_image

3 years ago

April 1, 2023

क्वालिफायर प्लेअफमा आज दुई महत्वपूर्ण खेल हुँदै

257 views

0 Bookmark

एजेन्सी – नामिबियामा जारी आइसिसी विश्वकप क्वालिफायर प्लेअफ प्रतियोगितामा आज दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज युएईले क्यानडासँग खेल्दैछ । अर्को खेलमा जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल दिउँसो १ : १५ मा सुरुहुनेछन् ।

जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनी मध्य दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । आजको खेलमा क्यानडा विजयी भएमा ओडिआई मान्यताको सम्भावना उच्च बन्नेछ । युएई पराजित हुँदा ओडिआई मान्यता जोगाउन कठिन पर्नेछ । उता पपुवा न्युगिनी र जर्सीबीचको खेलमा पराजित हुने टोलीको ओडिआई मान्यता सम्भावना समाप्त हुनेछ ।

प्रतियोगितामा नामिबिया, अमेरिका, जर्सी, क्यानडा, पपुवा न्युगिनी र युएई छन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया र अमेरिकाले लिग-२ बाट नै ओडिआई जोगाएका थिए ।

ओडिआई मान्यताको लागि यी दुई देशसँगको प्रदर्शन र नतिजाले अन्य चार टोलीलाई फरक पर्ने छैन । ओडिआई मान्यता जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनीबीचको प्रदर्शनको आधारमा निर्धारण गरिनेछ ।

क्यानडाले जर्सीलाई ३१ रन र अमेरिकालाई २६ रनले हराएको थियो । ओडिआई मान्यताको लागि अमेरिकाको नतिजा भने फरक पर्दैन । क्यानडाले युएईपछि नामिबिया र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसैले आज जितेको खण्डमा ओडिआई सम्भावना मजबुत हुनेछ ।

उता युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई २१ रनले हराएको थियो । अमेरिकासँग ५ विकेटले पराजित भएको थियो । ओडिआई मान्यता जोगाउन र विश्वकप छनोटमा पुग्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

युएईका आसिफ खानले पछिल्लो खेलमा अमेरिकाविरुद्ध शतक हानेका थिए । पपुवा न्युगिनीविरुद्ध मोहम्मद वासिम र आयन खानले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर बलिङ भने दुबै खेलमा राम्रो गर्न सकेको छैन ।

अमेरिकाविरुद्ध २ सय ७९ रन बनाएपनि युएई पराजित भएको थियो । तीव्र गतिका बलर जुनैद सिद्दिक र जहुर खानबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । वृत्य अरविन्द, रोहन मुस्तफा र रमिज शाहजादबाट सानदार प्रदर्शन चाहन्छ । ओडिआई मान्यताको लागि युएईलाई यो खेल निर्णायक सावित हुनसक्छ । त्यसैले युएईले आफ्नो शतप्रतिशत दिएर खेल्नेछ ।

उता छिमेकी मुलुक अमेरिकालाई हराएको क्यानडाको मनोबल भने उच्च छ । क्यानडाका श्रीमन्था विजयरत्ने प्रमुख ब्याटर हुन् । अमेरिकालाई हराउन निकोलस किर्टोन र हर्षले उच्च प्रदर्शन गरेका थिए । अष्ट्रेलियन म्याथ्यु स्पोर्सबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । दुई पाकिस्तानी मुलका बलर साद विन जाफर र कलिम सानाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

उता जर्सी र पपुवा न्युगिनी खेल्दैछन् । पपुवा न्युगिनीले नामिबियाले दिएको ३ सय ८२ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ३ सय ३३ रन बनाएको थियो । उक्त खेलमा चाल्स अमिनीले ७५ बलमा ८ चौका र ८ छक्कासहित सानदार शतकीय इनिङ खेलेका थिए । किप्लिङ डोरिगा ४७, सेसे बाउ ५४ र असाद भाला ५७ रनमा आउट भएका थिए ।

पहिलो खेलमा युएईविरुद्ध २ सय ६० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ३९ रन बनाएको थियो । ओपनर किप्लिङ डोरिगा र टोनी उराले २०.३ ओभरमा १ सय ४६ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । दुबै खेलमा सानदार प्रदर्शन गरेको पपुवा न्युगिनीलाई ओडिआई बचाउन आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा हार्दा ओडिआई गुम्ने लगभग पक्कापक्की नै हुनेछ ।

यता जर्सीमा इंग्ल्यान्ड र न्युजिल्यान्डका मुलका खेलाडी छन् । नामिबियाविरुद्ध ७६ रनको इनिङ खेलेका जोन्टी जेनर पपुवा न्युगिनीलाई घातक बन्नसक्छन् । उनीसँग इंग्ल्यान्डको काउन्टी खेलेको अनुभव छ । न्युजिल्यान्डबाट घरेलु क्रिकेट खेल्ने निक ग्रीनवुड पनि राम्रो ब्याटिङ गर्दछन् । बेन्जामिन वार्ड प्रमुख बलर हुन् ।

अंक तालिका

क्यानडा २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा छ । नामिबिया र अमेरिकाको समान ३ खेलमा ४-४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् । युएई २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । पपुवा न्युगिनी र जर्सी समान दुई खेलमा जित विहीन हुँदै पाँचौं र पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.