3 years ago
April 1, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर भानुका राजपक्षेको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ९२ रनको बलियो लक्ष्य दिएको छ।

मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । पन्जाबका भानुका राजपक्षेले ३२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान शिखर धवन २९ बलमा ६ चौकासहित ४० रनमा आउट भए ।
दोस्रो विकेटका लागि राजपक्षे र धवनले ८६ रनको साझेदारी गरेका थिए । ओपनर प्रभसिमरन सिंह १२ बलमा २ चौका र २ छक्कासहित २३ रनमा आउट भए ।
जतिश शर्मा ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए । डेब्यु खेल खेलेका सिकन्दर राजा १६ रनमा आउट भए । साम करन १७ बलमा २ छक्कासहित २६ तथा शाहरुख खान ७ बलमा २ चौकासहित ११ रनमा अविजित रहे ।
कोलकातका टिम साउथीले ४ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । उमेश यादव, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]