3 years ago
April 1, 2023
एजेन्सी – युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा क्यानडामाथि ६ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै युएईले आगमी चार वर्षको लागि ओडिआई मान्यता बचाउने सम्भावना र विश्वकप छनोटमा पुग्ने समिकरण उच्च बनेकोछ ।

जितको लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा कप्तान मोहम्मद वासिमले ७८ बलमा ६ चौका र ४ छक्कासहित ८० रनको योगदान दिए । पाँच वर्षपछि सिनियर टोलीमा फर्किएका रमिज शाहजद ४८ बलमा ४ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहँदै जित पक्का गराए ।
युएईलाई ओपनर आर्यन लाक्रा र वासिमले २८.५ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गरेका थिए । लाक्रा १ सय ९ बलमा २ चौकासहित ५३ रनमा आउट भए । वृत्य अरविन्द २२ बलमा ३ चौकासहित २५ र आसिफ खान ९ रनमा आउट भए ।
रोहन मुस्तफा २२ बलमा १ चौकासहित २० रनमा अविजित रहे । क्यानडाका जेरेमी गोर्डन, हर्ष ठकेर, निखिल दत्त र साद बिन जाफरले एक एक विकेट लिए ।
त्यसअघि विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडा ४८.५ ओभरमा २ सय ५४ रनमा अल आउट भएको थियो । क्यानडाका पर्गत सिंहले ९६ बलमा १३ चौका र २ छक्कासहित १ सय २ रनको सानदार शतकीय इनिङ खेलेपनि बलिङ नचल्दा पराजित हुन पुग्यो । निकोलस किर्टोनले ६४ बलमा १ चौकासहित ५० रन जोडे । उनी क्यानडाबाट ओडिआईमा शतक हान्ने छैटौं खेलाडी हुन् । करिअरको पहिलो शतक हो ।

क्यानडाले ओपनर आरोन जोनसनलाई ४ रनमै गुमाएको थियो । तर दोस्रो विकेटका लागि अष्टेलियन मुलका म्याथु स्पोर्स र सिंहले ९४ रनको साझेदारी गरेका थिए । स्पोर्स ६२ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए ।
तेस्रो विकेटका लागि पर्गत र निकोलसले ६८ रनको साझेदारी गरेका थिए । एक समय क्यानडा ३९.४ ओभरमा २१४(३ को बलियो अवास्थामा थियो ।
अन्त्य राम्रो गर्न नसक्दा विशाल योगफल बनाउन सकेन । विजयरत्ने श्रीमन्थे २३ बलमा १ चौका र १ छक्कासहित २८ रनमा आउट भए । त्यसपछिका साद बिन जाफरले १४ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युएईका आयन खानले ७ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । जहुर खान र जुनैद सिद्दिकले दुई दुई विकेट लिए ।
प्रतियोगितामा नामिबिया, अमेरिका, जर्सी, क्यानडा, पपुवा न्युगिनी र युएई छन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया र अमेरिकाले लिग-२ बाट नै ओडिआई जोगाएका थिए ।
ओडिआई मान्यताको लागि यी दुई देशसँगको प्रदर्शन र नतिजाले अन्य चार टोली जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनीलाई फरक पर्ने छैन । ओडिआई मान्यता जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनीबीचको प्रदर्शनको आधारमा निर्धारण गरिनेछ ।यी चार टोलीको एक अर्काको खेलपछि शीर्ष दुई टोलीले ओडिआई मान्यता पाउनेछन् ।
युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटको कारण चौथो स्थानमा छ । युएईले आइतबार नामिबिया र बुधबार जर्सीसँग खेल्नेछ । यी दुबै खेल जितेमा सोझै विश्वकप छनोटमा पुग्नेछ । ओडिआई मान्यता जोगाउन जर्सीलाई हराउनु पर्ने हुन्छ । यदि जर्सीसँग पराजित भएमा भने अन्य टोलीको नेटरनरेटमा निर्भर हुनेछ ।
नामिबिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेल र नतिजाका साथ ४-४ अंक भएपनि नेटरनरेटको कारण अमेरिका दोस्रो र क्यानडा तेस्रो स्थानमा छन् । जर्सी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंक जोड्दै पाँचौं स्थानमा छ । पपुवा न्युगिनी ३ खेलमा अंक विहीन हँुदै विश्वकप छनोटमा पुग्ने सम्भावना समाप्त बनेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]