default_image

3 years ago

April 1, 2023

वुडको घातक बलिङमा लखनऊको सानदार विजयी सुरुवात

234 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मार्क वुडको घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रन बनाए ।

तर वार्नरको उक्त अर्धशतक जितको लागि पर्याप्त हुन सकेन । वार्नर पावर प्लेमा आक्रामक रुपमा प्रस्तुत भएपनि त्यसपछि खुलेर खेल्न सकेनन् ।

दिल्लीलाई ओपनर पृथ्वी शा र वार्नरले पहिलो विकेटका लागि ४.३ ओभरमा ४१ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मार्क वुडले पाँचौं ओभरको तेस्रो बलमा शालाई १२ रनमा बोल्ड गरे ।

लगत्तै अर्को बलमा मिचेल मार्श पनि बोल्ड भएपछि लखनऊ खेलमा हाबी बनेको थियो । वुडको गतिमा फ्याँलेको लाइनको बल दुबै ब्याटरले चाल पाउन नसक्दा बोल्ड भएका थिए ।

दुई बलमा दुई प्रमुख ब्याटर आउट भएपछि दिल्ली खेलमा दबाबमा परेको थियो । वुडको सातौं ओभरको अन्तिम बलमा शरफराज खान ४ रनमा कृष्णप्पा गौतमबाट क्याच आउट भए ।

बाउन्सर बल उत्कृष्ट उपरकट लगाएपनि उनी बच्न सकेनन् । स्पिनर रवि विश्रोईको १२ औं ओभरको अन्तिम बलमा राइली रोसोउ ३० रनमा क्याच आउट भएपछि जितको सम्भावना लगभग टाढिएको थियो ।

रोसोउले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे । रोभम्यान पावेल विश्रोईको बलमा एक रनमा एलबीडब्लू आउट भए । अक्षर पटेल ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए ।

लखनऊको जितमा मार्क वुडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । वुड आइपिएल २०२३ मा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । रवि विश्रोईले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । लखनऊको जितमा ओपनर काइल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेले ।

मेयर्स स्पिनर अक्षर पटेलको १२ औं ओभरको तेस्रो बलमा टर्न हुँदा बोल्ड भए । टर्न बल मेयर्सले चाल पाउन सकेनन् । त्यसअघि मेयर्सले ब्यक्तिगत १६ रनमा जीवनदान पाएका थिए ।

चेतनको छैटौं ओभरको तेस्रो बलमा खलिल अहमदले सहज क्याच छाड्दै जीवनदान दिएका थिए । उक्त जीवनदान दिल्लीलाई भारी पर्यो । ओपनर तथा कप्तान लोकेश राहुल १२ बलमा १ छक्कासहित ८ रनमा क्याच आउट भएका थिए । युवा विकेटकिपर निकोलस पुरन २१ बलमा २ चौका र ३ छक्कासहित ३६ रन बनाउँदै आउट भए ।

दीपक हुँडा १७, क्रुनाल पान्ड्या १४ र मार्कस स्टोइनिस १२ रनमा आउट भए । अन्तिम तिर ब्याटिङमा आएका युवा ब्याटर आयुष बदोनी ७ बलमा १ चौका र २ छक्कासहित १८ रनमा आउट भएका थिए । इम्प्याक्ट प्लेयरको रुपमा अन्तिम बलमा मैदान आएका कृष्णप्पा गौतमले छक्का प्रहार गदै इनिङ सकाए ।

दिल्लीका खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । चेतन सकारियाले ४ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा ३५ र अक्षर पटेलले ४ ओभरमा ३८ रन खर्चेर समान १-१ विकेट लिए । दिल्लीले आफ्नो दोस्रो खेल मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ ।

लखनऊले सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । आजको पहिलो खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई डिएसएल मेथर्डमा ७ रनले हराएको थियो ।

आइपिएलमा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ : ४५ मा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । बेलुका ७ : ४५ मा रोयल च्यालेन्जसं बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.