default_image

3 years ago

April 2, 2023

माक्ररमको सानदार शतकसँगै दक्षिण अफ्रिका विश्वकप नजिक

213 views

0 Bookmark

एजेन्सी – एडेन माक्ररमको सानदार शतकमा दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्सलाई १ सय ४६ रनले हराउँदै विश्वकप नजिक पुगेको छ । आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा सोझै स्थान बनाउने दक्षिण अफ्रिकाको लगभग पक्कापक्की बनेको छ । तर आयरल्यान्डको अन्तिम नतिजा पर्खनु पर्ने हुन्छ ।

जितको लागि ३ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३९.१ ओभरमा २ सय २४ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका मुसा अहमदले ६९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । म्याक्स ओडाउड ४७, विक्रमजित सिंह २१ र स्कट एडवार्ड्स ४२ रनमा आउट भए ।

दक्षिण अफ्रिका सिसान्डा मगलाले ९ ओभरमा २ मेडनसहित ४३ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । एडेन माक्ररमले दुई, तबरेज शाम्सी, मार्को यानसन र लुंगी एनगिडीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ७० रन बनाएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररमले १ सय २६ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७५ रनको सानदार शतकीय इनिङ खेले ।

चौथो विकेटका लागि माक्ररम र मिलरले १ सय १८ बलमा १ सय ९९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । मिलर ६१ बलमा ६ चौका र ४ छक्कासहित ९१ रनमा आउट भए ।

दक्षिण अफ्रिका ओपनर क्विन्टन डि कक ८, टेम्बा बभुमा ६ र रास्सी भान डर डुसेन २८ रनमा आउट भए । हेनरिक क्लासेन २१ बलमा ४ चौकासहित २८ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन, भिभियन किंग्मा र पल भान माक्रेनले समान दुई विकेट लिए ।

दक्षिण अफ्रिका सुपर लिगमा २१ खेलमा ९ मा जित र १० मा हारसहित ९८ अंकका साथ आठौं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । आगमी महिना आयरल्यान्डले घरेलु मैदानमा बंगलादेशसँग सुपर लिगको तीन खेल खेल्नेछ ।

उक्त तीनै खेलमा आयरल्यान्ड विजयी भएमा ९८ अंक हुनेछ । हेड हु हेडमा सुपर लिगमा दुबै टोलीको १-१ अवस्था छ । आयरल्यान्ड सबै खेलमा विजयी भएमा नेटरनरेटमा निर्भर पर्नेछ । आयरल्यान्ड तीन मध्य एक खेलमा पराजित भएमा वा कुनै कारण अंक बाड्नु परेमा दक्षिण अफ्रिका भारतमा हुने विश्वकप सोझै खेल्नेछ ।

सुपर लिगबाट वेस्टइन्डिज, श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले छनोट खेल्नुपर्ने पक्का भएको छ । आइसिसीको नियम सुपर लिगका आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् । भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगि सकेका छन् ।

आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागीता रहनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा एक अर्कासँग सबै टोलीले खेलेपछि शीर्ष दुई टोलीले भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । नेपालले पनि सुपर लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाई सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.