default_image

3 years ago

April 4, 2023

सकिबले आइपिएल नखेल्ने

296 views

0 Bookmark

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण आइपिएल २०२३ नखेल्ने उनले कोलकाता नाइट राइडर्सलाई जानकारी दिएका छन् । कोलकाताले आइपिएलबाट स्वीकृति प्राप्तपछि उनको स्थानमा अर्को खेलाडी खोज्नेछ।

फाईल फोटो

कोलकातामा बंगलादेशका अर्का विकेटकिपर लिटन दास छन् । सकिब र लिटन दास मंगलबारदेखि सुरु भएको आयरल्यान्डसँगको टेस्ट खेलमा टोलीमा छन् । सकिब कप्तान हुँदा दास टोलीका प्रमुख ब्याटर तथा विकेटकिपर हुन् । बंगलादेशले अर्को महिना मे मा आयरल्यान्डसँगको तीन ओडिआई खेलको सिरिजको लागि इंग्ल्यान्ड भ्रमण गर्नेछ ।

आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुनेछ । आयरल्यान्ड भ्रमणमा लिटन दास पनि हुनेछन् । पहिलो पटक अक्सनमा बिकेका दासले आइपिएल खेल्छन् वा खेल्दैनन् त्यो भने जनाएका छैनन् । गत डिसम्बरमा कोलकाताले सकिबलाई १ करोड ५० लाख भारु र लिटन दासलाई ५० लाख भारुमा किनेको थियो । लिटन पहिलो पटक आइपिएल अक्सनमा बिकेका थिए ।

कोलकाता पहिलो खेल खेलमा पन्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो । कोलकाताले दोस्रो खेल बिहीबार रोयल च्यालेन्जर्स बेंगलोर र तेस्रो खेल आइतबार गुजरात टाइटन्ससँग खेल्नेछ । दासले बेंगलोरसँगको खेल गुमाउने पक्काछ । यदि टेस्ट पुरै पाँच दिन पुगेमा गुजरातसँगको खेल पनि गुमाउने छन् ।

२०११ मा आइपिएलमा डेब्यू गरेका सकिबले ७१ खेलमा २ अर्धशतकसहित ७ सय ९३ रन बनाउनुको साथै ६३ विकेट लिएका छन् । कोलकातासँग विदेशी खेलाडीमा सुनिल नारायण, आन्द्रे रसेल, रहमानउल्लाह गुरबाज, लोकी फर्गुसन, टिम साउथी, डेविड विजा र लिटन दास छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.