default_image

6 months ago

April 7, 2023

दाइ दीपेन्द्र जस्तै अलराउन्डर बहिनी राजमति

भूपेन्द्र जिसी, काठमाडौं दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टोलीका वर्तमान समयका प्रमुख अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल दीपेन्द्रले सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । धेरैलाई थाहा नहुन सक्छ, दीपेन्द्रकी बहिनी राजमति पनि घरेलु क्रिकेटमा अलराउन्डरको रुपमा उच्च प्रदर्शन गर्दै आएकी छिन् । नेपालको यू-१९ टोलीको प्रतिनिधित्व गरिसकेकी राजमति नेपाल […]

49 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टोलीका वर्तमान समयका प्रमुख अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल दीपेन्द्रले सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । धेरैलाई थाहा नहुन सक्छ, दीपेन्द्रकी बहिनी राजमति पनि घरेलु क्रिकेटमा अलराउन्डरको रुपमा उच्च प्रदर्शन गर्दै आएकी छिन् ।

नेपालको यू-१९ टोलीको प्रतिनिधित्व गरिसकेकी राजमति नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्दै आएकी छिन् । दीपेन्द्र र राजमतिको खेल्ने शैली फरक छ । दीपेन्द्र दायाँ हाते स्पिन अलराउन्डर हुन् । राजमति बायाँ हाते ब्याटिङ अलराउन्डर हुन् । उनले मध्यम गतिमा बलिङ गर्दछिन् ।

नेपालमा महिला क्रिकेट प्रतियोगिता वर्षमा मुस्किलले एक दुईवटा हुन्छन् । त्यसमा पनि विभागीय टोलीमा सिनियर खेलाडीको वर्चस्व हुँदा खेल्ने अवसर कमै आउँछ । एपिएफबाट मौका पाएको खेलमा उनले राम्रो प्रदर्शन गर्दै आएकी छिन् । प्रदर्शनसँगै विशेषगरि उनले ब्याट चलाउने शैली, हाउभाउ र फिटनेस हेर्दा उनलाई नेपाली महिला क्रिकेटकी भविष्य मानिएको छ ।

अघिल्लो साता टियु मैदानमा सम्पन्न ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा राजमतिले ४ खेल खेल्दा मात्र एक खेलमा ब्याटिङको अवसर पाइन् । ललितपुर मेयर्स ११ लाई हराउन राजमतिले ५२ बलमा ४ चौकासहित ४१ रन बनाउनुको साथै २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिन् । एपिएफका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गरेपछि अन्य खेलमा उनले ब्याटिङको अवसर पाइनन् ।

राजमतिले २०१९ मा चीनमा भएको बी एण्ड आर यू१९ प्रतियोगितामा नेपाली टोलीबाट खेलेकी थिइन् । घरेलु क्रिकेट खेल्ने उनले राम्रो प्रभाव छाड्दै आएकी छिन् । उनको ब्याटिङ क्षमता राम्रो छ । पहिला तेक्वान्दो खेल्ने राजमित दाइ दीपेन्द्रबाट प्रभावित भएर क्रिकेटमा लागेकी हुन् ।

लगातार कडा मिहिनेत गर्दै नेपाली टोलीमा स्थान बनाउन संघर्ष गर्दै आएकी छिन् । एपिएफमा उनले ओपनिङ देखि तल्लोक्रमसम्म ब्याटिङ गरेकी छिन् । स्थिर भूमिका छैन । युवा खेलाडीलाई मौका दिनेक्रममा पछिल्ला दुई प्रतियोगितामा उपाधिबाट विमुख भएपछि एपिएफले उनलाई तल्लोक्रममा मौका दिँदै आएका छ । उनी आफूलाई ओपनिङ र तेस्रो नम्बरमा खेल्न सहज लाग्ने बताउँछिन् ।

‘मलाई खेल्न ओपनिङ र फस्ट डाउन (तेस्रो नम्बरमा) खेल्न सहज लाग्छ । टिम कन्डिसन र आवश्यकता हेरेर जुन नम्बरमा पठाएपनि खेलाडी भएपछि सहज नै मानेर खेल्नुपर्छ । मैले जसरी अभ्यास गरेको छु । त्यसरी नै खेलमा आत्माविश्वासी भएर खेल्न खोज्छु’, राजमतिले भनिन् ।

उनी एफिएफकी स्थायी जागिरे हुन् । २०७७ को प्रधानमन्त्री कप देखि एपिएफमा जोडिएकी राजमति गत वर्ष स्थायी रुपमा जागिरे भएकी थिइन् । २०१९ मा चीनमा नेपालको यू-१९ खेल्न जानुअघि राजमति बलर थिइन् । तर उक्त यू-१९ प्रतियोगितादेखि उनी ब्याटर हुँदै ओपनिङ गर्न थालिन् । त्यसपछि उनी ब्याटिङ अलराउन्डरको रुपमा पहिचान बनाउन प्रयासरत छिन् ।

महेन्द्रनगर घर भएकी राजमतिको बुबा गगनसिंह र आमा जानकी ऐरीको कोखबाट भएको हो । राजमति पहिला तेक्वान्दो खेल्थिन् । उनको परिवार क्रिकेटमय थियो । सिनियर टोलीका अलराउन्डर दीपेन्द्र आफ्नै दाई हुन् भने विकेटकिपर प्रदीप र तीव्र गतिका बलर कमल काकाका छोरा हुन् ।

पहिला राजमतिले तेक्वान्दो खेल्थिन् । दीपेन्द्रले क्रिकेटमा राम्रो गर्दै गएपछि तेक्वान्दो छाडेर क्रिकेट रोजेको बताउँछिन् । ‘पहिला मैले एकवर्ष जति तेक्वान्दो खेलें । पछि क्रिकेट खेल्छु भनेर थालें । खेत खाली हुँदा दाइहरुसँग खेल्थे । दाइहरुसँगै खेल्दै क्रिकेट सिकेको हो । सानोमा उ (दीपेन्द्र) बलिङ गर्दे भन्थ्यो । ब्याटिङ र बलिङ मिलेर गर्थ्यौं । त्यस्तै अली अली गर्दै क्रिकेट सिक्दै गएँ’, उनले भनिन् ।

‘क्रिकेट खेल्छु भनेर दाइबाट प्रभावित भएको हुँ । दीपेन्द्र दाइले मौका पाएको बेला राम्रो गर भन्नुहुन्छ । आफूलाई प्रमाणित गर, अभ्यासमा ध्यान देउ । नराम्रो खेल्दा पनि सिकाउनु हुन्छ । त्यस्तो नखेल्न पर्ने । मैदानमा ध्यान देऊ । अवस्था अनुसार खेल्न सिक भनेर सम्झाउनु हुन्छ’, दाई दीपेन्द्रबारे उनले भनिन् ।

त्यसै पनि नेपाली महिला क्रिकेटमा प्रतियोगिता नै हुँदैन । अन्तर्राष्ट्रिय प्रतियोगिता कहिले हुन्छ क्यान आफैंलाई थाहा छैन । नेपालमा अझैपनि छोरी मान्छेहरु खेलमा भन्दा पनि पढाईमा ध्यान केन्द्रित गर्न घरकाले दबाब दिन्छन् । तर राजमतिको परिवार क्रिकेटमय हुँदा उनलाई सहज छ ।

‘दाई ठूलो स्तरमा खेल्छ । त्यसैले गर्दा घरबाट रामो साथ हुन्छ । ल ल खेल राम्रो गर भन्ने नै हुन्छ । दाइ, मम्मी, बाबा सबैले साथ दिनुहुन्छ’, उनले भनिन् ।

राजमति पनि नेपाललाई अघि बढाउने सपना राखेको बताउँछिन् । ‘अब मौका र खेल पाएपछि सदुपयोग गर्दै आफ्नो देशलाई अघि बढाउने छु । म एकेडेमी जाँदा दाइ टियुमा खेल्छ । कसरी खेल्ने कुराकानी भई राख्छ’, उनले भनिन् । दीपेन्द्र उनका सबैभन्दा मनपर्ने खेलाडी हुन् । दाइपछि हार्दिक पान्ड्या मन पर्ने क्रिकेटर बताउछिन् ।

दीपेन्द्र पनि बहिनीले राम्रो गरेको बताउँछन् । ‘बहिनीले राम्रो नै गरिरहेको छ । यू१९ मा राम्रो प्रदर्शन थियो । अझै मिहिनेत गरेर नेपाली महिला टिमलाई अगाडि बढाउस् भन्नेछ’, दीपेन्द्रले भने ।

त्यसैमा दीपेन्द्रले थपे, ‘सानोमा हामीसँगै खेलेका छौं । अस्ति लकडाउनमा घर गएको बेलामा पनि सँगै खेलेका थियौं । उसले सोधेको बेला मैले सिकाइरहेको हुन्छु । अझै मिहिनेत गरेर नेपाली महिला क्रिकेटलाई धेरै अगाडि बढाओस् ।’

एपिएफकी कप्तान तथा नेपाली महिला क्रिकेटकी सर्वाधिक सफल अलराउन्डर सीता राजमतिमा राम्रो प्रतिभा भएको बताउँछिन् । ‘उसले यस अघिको मेयर्स कपमा धेरै राम्रो गरेको थियो । प्रधानमन्त्री कपमा पहिला पनि राम्रो गरेको थियो । तर पछिल्लो प्रधानमन्त्री कप र नवौं भने अली राम्रो गर्न सकेको थिएन । आज मौका पाउँदा प्रमाणित गर्यो । उ धेरै राम्रो खेलाडी हो’, सीताले भनिन् ।

उनको ब्याटिङक्रम स्थिर नहुँदा प्रदर्शनमा असर परेको सीता स्वीकार गर्दछिन् । ‘ब्याटिङक्रम परिवर्तन हुँदा प्रदर्शनमा असर परेको त्यो त हो । पहिला हामीले एउटा दुईवटा खेल जित्ने वितिक्कै ओपनिङमा राजमतिलाई पठाउँथ्यौं । फेरबदल गरि रहँदा टिमनै धरातलमा पुग्यो । त्यो हुँदा नै जित्नै पर्छ भनेर ओपनिङमा म नै आएको हो । उ आगमी दिनको लागि ठिक छ । ब्याटिङ क्षमता राम्रोछ । मौका पाउँदा राम्रो पनि गरेकोछ’, सीताले भनिन् ।

राजमतिले ललितपुरविरुद्ध खराब सट खेल्दा सीताले पेभेलियनबाट नै गाली गर्दै सम्झाएकी थिइन् । ‘उसको प्रदर्शनपछि एकदमै खुसी छु । किनभने आफूले ब्याक गरेको प्रतिभा हो । मसँगै ट्रेनिङ गर्ने र एकेडेमीमा पनि सँगै खेल्ने गर्दछौं । अलिकति खराब सट खेल्दा रिस पनि उठ्छ अनि दुःख लाग्छ । उसको क्षमता धेरै छ । गल्तीले आउट भएमा गाह्रो हुन्छ भनेर गाली गरेको थिए’, उनले भनिन् ।

राजमतिमा दाइ दीपेन्द्र जस्तै महिला क्रिकेट टोलीको प्रमुख अलराउन्डर बन्ने क्षमता छ । बायाँ हाते खेलाडी हुँदा रणनीतिक हिसाबमा उनलाई धेरै फाइदा मिल्न सक्छ । उनको ब्याटिङसँगै बलिङ पनि त्यतिनै राम्रो छ । उमेरले भर्खर २० वर्ष हुँदा उनले सिक्न धेरै बाँकी छ । जति धेरै खेल खेल्दै जान्छिन् उतिनै उनीमा निखार आउनेछ ।

त्यसको लागि क्यानले प्रतियोगितासँगै टोलीको प्रशिक्षण तथा विकासमा पनि ध्यान दिनुपर्छ । यदि राजमति जस्ता प्रतिभावान खेलाडीमा लगानी र विकास गर्ने हो भने उनले नेपाली महिला क्रिकेटको स्तर उकासिनेछ । त्यसको लागि कम्तिमा नियमित घरेलु क्रिकेट प्रतियोगिता आयोजना गर्नु पर्दछ । खेल खेलेपछि मात्रै खेलाडीले आफ्नो कमजोरी पत्ता लगाउन र सुधार गर्न सक्छ ।

September 24, 2023

अष्ट्रेलियामाथि भारतको अर्को सानदार जित

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]

September 24, 2023

क्रिकेट राजनीतिमा पारसको अद्भूत उडान

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]

September 24, 2023

गिल र ऐरको शतकमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]

Success

Thank you for your time.