default_image

3 years ago

April 5, 2023

गायिका डाक्टर त्रिशालाले गरिन् करणको उपचार

511 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीको उपचार चर्चित गायिका त्रिशाला गुरुङले गरेकी छिन् । कलंकीस्थित नेपाल नेशनल अस्पतालमा डाक्टर त्रिशालासहितको टोलीले मंगलबार करणको उपचार गरेका थिए ।

करणको बायाँ खुट्टामा नङ पुरिएको हुँदा सामान्य उपचार गरिएको डाक्टर अभिषेक सिंहले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘करणको हिजो उपचार भएको हो । बायाँ खुट्टाको बुढी औंलाको नङ भित्र पुरिएको थियो । त्यसलाई काटेर निकालेको हो’, अभिषेकले भने ।

त्रिशाला नेपाल नेशनल अस्पतालमा कार्यरत चिकित्सक हुन् । ‘क्रिकेटरहरुको बायाँ खुट्टाको नङ पुरिने समस्या सामान्य नै हो । तर त्यसलाई समयमै निकालेन भने त्यसले समस्या गर्छ । समयमै निकालेन भने छेउछाउको मासु मर्नसक्छ । समयमा ननिकालेमा खेल नै गुमाउन सक्ने हुनसक्छ’, उनले भने ।

अभिषेकका अनुसार करणले ३-४ दिन विश्राम गरेपछि खेल्न सक्छन् । नेपालले एसिसी प्रिमियर कपको लागि शनिबार देखि प्रशिक्षण थालेको छ । नेपालले अर्को महिना घरेलु मैदान टियुमा हुने एसिसी प्रिमियर कपको उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी मैदानमा हुनेछ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसिया कपपछि नेपालले जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटको तयारी गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.