default_image

3 years ago

April 5, 2023

आइपिएलमा आज बटलरविरुद्ध रबाडा

398 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को आठौं खेलमा आज राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा गुवाहाटीमा सुरु हुनेछन् । दुबै टोली लगातार दोस्रो जितको सोचमा हुनेछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ७२ रनको सहज जित हात पारेको थियो ।

पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले हराएको थियो । राजस्थानको सञ्जु स्यामसन र पन्जाबको शिखर धवनले कप्तानी गर्नेछन् । पहिलो खेलमा जस बटलर, यशस्वी जैसवाल र सञ्जु स्यामसनले उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए ।

बटलर र स्यामसन प्रमुख ब्याटिङ हतियार हुन् । यी दुबै ब्याटर आक्रामक ब्याटिङका लागि चिनिन्छन् । मध्यक्रममा शिम्रन हेटमायर, देवदत्त पाडिक्कल र रियान पराग हुनेछन् । हेटमायरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अलराउन्डर जेसन होल्डर र रविचन्द्रन आश्विन टोलीमा हुँदा ब्याटिङक्रम मजबुत छ ।

तीव्र गतिका बलरमा ट्रेन्ट बोल्ट र नवदीप सैनी हुनेछन् । युजभेन्द्र चहल प्रमुख बलिङ हतियार हुन् । हैदराबादलाई हराउन चहलले चार विकेट लिएका थिए । केएम आसिफको स्थानमा राजस्थानले आज सन्दीप शर्मा वा कुलदीप सेन मध्य एकलाई मौका दिनसक्छ । जेसन होल्डरको स्थानमा ओबेद म्याककोयलाई मैदान उतार्न सक्छ ।

पन्जाबका भानुका राजपक्षेले कोलकाताविरुद्ध ५० र शिखर धवनले ४० रन जोडेका थिए । यी दुई प्रमुख ब्याटर हुन् । तुलनात्मक रुपमा पन्जाबको ब्याटिङ कमजोर छ । स्टार टि२० विशेष ब्याटर टोलीमा छैनन् ।

जितेश शर्मा, सिकन्दर राजा, साम करण र शाहरुख खानले मध्यक्रम सम्हाल्नेछन् । राजा अनुभवी खेलाडी हुँदा मध्यक्रमको जिम्मेवारी अतिरिक्त हुनेछ । लियाम लिभिङस्टोन आजको खेलमा पनि उपलब्ध हुने सम्भावना कम छ । उनी पूर्ण रुपमा फिट भएका छैनन् ।

उता प्रमुख बलर कागिसो रबाडा टोलीमा आएका छन् । रबाडा टोलीमा आउँदा नाथन एलिसलाई बेन्चमा राख्न सक्छ । रबाडा योर्कर र गतिका लागि चिनिन्छन् । रबाडा प्रतिघण्टा १ सय ५० किलोमिटरको गतीमा बलिङ गर्ने गर्दछन् । उनको गति र योर्कर खेल्न राजस्थानका ब्याटरलाई सहज हुनेछैन ।

आक्रामक ब्याटर जस बटलर र कागिसो रबाडाबीचको ब्याटल हेर्न लायक हुनेछ । यस खेलममा यी दुई खेलाडीबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ । पन्जाबको तीव्र गतिको बलिङ आक्रामण भने मजबुत छ । रबाडा, अर्शदीप सिंह र साम करन तीव्र गतिका बलरको रुपमा छन् । स्पिनरमा राहुल चाहर र सिकन्दर राजा हुनेछन् ।

हेड टु हेड :

आइपिएलमा पन्जाब र राजस्थानबीच कुल २४ खेल भएका छन् । जसमा राजस्थान १४ र पन्जाब १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा राजस्थान चार र पन्जाब एक खेलमा विजयी भएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.