default_image

3 years ago

April 5, 2023

बावाले आइपिएल गुमाउने

356 views

0 Bookmark

एजेन्सी – पन्जाब किंग्सका युवा अलराउन्डर राज अंगद बावाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । उनले आइपिएल गुमाउने भएपछि पन्जाबले २२ वर्षीय अलराउन्डर गुरनुर ब्रारलालाई टोलीमा भित्र्याएको छ ।

गुरनुरलाई २० लाख भारुमा भित्र्याएको हो । बावाको बायाँ हातको कुममा चोटपछि आइपिएल गुमाउने भएका हुन् । गुरनुर बायाँ हाते ब्याटर हुन् । बलिङ भने दायाँ हाते तीव्र गतिका बलर हुन् । पन्जाबबाट घरेलु क्रिकेट खेल्ने गुरनुरले गत डिसेम्बरमा रणजी ट्रफीमा डेब्यू गरेका थिए ।

उनले ५ प्रथम श्रेणी खेलमा १ सय ७ रन बनाउनुको साथै ७ विकेट लिएका छन् । गतवर्ष डिसेम्बरमा गोवाविरुद्ध लिष्ट ए मा डेब्यू गरेका थिए । टि२० खेल भने खेलेका छैनन् । बावा भने गतवर्ष रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध डेब्यू गरेका थिए । भारतलाई २०२२ को यू-१९ विश्वकप उपाधि जिताउन बावाले फाइनलमा इंग्ल्यान्डविरुद्ध ५ विकेट लिएका थिए ।

उक्त विश्वकपमा उनले युगान्डाविरुद्ध १ सय ८ बलमा १४ चौका र ८ छक्कासहित १ सय ६२ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनी भारतीय यू-१९ क्रिकेट इतिहासमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी थिए । उनले २००४ मा शिखर धवनले स्कटल्यान्डविरुद्ध खेलेको १ सय ५५ रनको कीर्तिमान तोडेका थिए ।

पहिलो खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गरेको थियो । पन्जाबले आज राजस्थान रोयल्ससँग खेल्दैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.