3 years ago
April 5, 2023
एजेन्सी – युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आफ्नो अन्तिम खेलमा जर्सीलाई ६६ रनले पराजित गरेको छ । युएई दोस्रो स्थानमा रहँदै ओडिआई मान्यता बचाउनुको साथै विश्वकप छनोटमा स्थान पक्का भने यस खेल अगावै पुगेको थियो ।

जितको लागि २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको जर्सी ४४.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो । जर्सीका ओपनर ह्यारिसन कार्लियोनले ८९ बलमा ७ चौका र ५ छक्कासहित ८५ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीका हार टार्न सकेनन् ।
अशा ट्राइब ४८ बलमा १ चौका र २ छक्कासहित ४०, जोन्टी जेनर ३२, जोश लरेन्सन १३ र निक ग्रीनवुडले १० रन बनाए । युएईका स्पिनर कार्तिक मयाप्पनले १० ओभरमा ५७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्धिकले तीन र जहुर खानले दुई विकेट लिए ।
त्यसअघि विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो । युएईको जितमा आसिफ खानले ८६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाए । युएईका कप्तान मोहम्मद वासिम ५२ बलमा ५ चौका र ४ छक्कासहिति ६५ रनमा आउट भए ।
डेब्यू खेल खेलेका अर्यांश शर्मा डक आउट भए । वृत्य अरविन्द ७७ बलमा ४ चौकासहित ४५, अंश टन्डन १० र सन्चित शर्मा २३ रनमा आउट भए । आयन खान ४९ बलमा ३ चौासहित ४३ रनमा आउट भए । जर्सीका तीव्र गतिका बलर जुलिस सुमेराउरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । चाल्र्स पेर्चार्डले दुई विकेट लिए ।
युएई ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । अमेरिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा रहे । अमेरिका र युएई आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएका छन् ।
क्यानडा ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा रह्यो । क्यानडा र युएईले ओडिआई मान्यता पाएका छन् । अमेरिका र नामिबियाले लिग २ बाटनै ओडिआई मान्यता पाएका थिए । नामिबिया भने ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रहेर विश्वकप दौडबाट बाहिरियो ।
जर्सी ५ खेलमा १ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा रह्यो । पपुवा न्युगिनी सबै खेलमा पराजित हुँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता नै गुमायो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]