3 years ago
April 6, 2023
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा राजस्थान रोयल्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । योसँगै पन्जाब लगातार दोस्रो खेलमा विजयी भएकोछ ।

जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो । राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा ५३ रन चाहिँएको थियो । १८ औं ओभरमा शिम्रन हेटमायरले साम करनलाई दुई छक्का र एक चौकासहित १९ रन जोड्दै आशा कायमै राखेका थिए ।
१९ औं ओभरमा अर्शदीप सिंहले १८ रन खर्चेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम ६ बलमा जितको लागि १६ रन चाहिँएको थियो । साम करनले ध्रुब जुरेललाई पहिलो बल एक र दोस्रो बलमा हेटमायरलाई दुई रन दिए । तेस्रो बलमा हेटमायर दुई रन लिनेक्रममा रन आउट भएपछि जित कठिन बनेको थियो ।
त्यसपछि चौथो र पाँचौं बलमा एक एक रन दिए । अन्तिम बलमा जुरेलले चौका हानेपनि जितको लागि पर्याप्त हुन सकेन । राजस्थानका कप्तान सञ्जु स्यामसनले २५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । ओपनर यशस्वी जैसवाल ११ र रविन्द्रन आश्विन शून्यमा आउट भए ।

जस बटलरलाई तेस्रो नम्बरमा खेलाउने निर्णय राजस्थानलाई भारी पर्यो । नाथन एलिसले बटलरलाई १९ रनमा कट एण्ड बोल्ड गर्दै पन्जाबको जितको आधार तय गरेका थिए ।
जुरेल १५ बलमा ३ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहे । शिम्रन हेटमायर १८ बलमा १ चौका र ३ छक्कासहित ३६, देवदत्त पाडिक्कल २१ र रियान पराग २० रनमा आउट भए ।
पन्जाबका तीव्र गतिका बलर नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । पन्जाबको जितमा कप्तान शिखर धवन ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रनको कप्तानी अविजित इनिङ खेले ।

अर्का ओपनर प्रभसिमरन सिंह ३४ बलमा ७ चौका र ३ छक्कासहित ६० रनमा आउट भए । सिंहको आइपिएल करिअरको पहिलो अर्धशतक हो । पहिलो विकेटका लागि धवन र सिंहले ९.४ ओभरमा ९० रनको साझेदारी विशाल योगफलको आधार तय गरेका थिए । तर अन्त्य राम्रो हुन सकेन । जितेश शर्मा १६ बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।
राजस्थान रोयल्सका जेसन होल्डरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक एक विकेट लिए । पन्जाबले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।
अव तेस्रो खेल आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । राजस्थानले पहिलो खेलमा हैदराबादलाई ७२ रनले हराएको थियो । राजस्थानले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]