default_image

3 years ago

April 8, 2023

अली खानलाई आइसिसीको प्रतिबन्ध

448 views

0 Bookmark

एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा यसै साता जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि उनलाई आगमी दुई खेलमा प्रतिबन्ध लाग्ने भएको हो ।

जर्सीका खेलाडीसँग झगडा गरेपछि म्याच रेफ्रीले उनलाई स्पष्टीकरणको लागि बुधबार बोलाएका थिए । खेलमा अनुशासन उलंघनको कारण अली खानले कारबाही स्वरुप एक डिमेरिट प्वाइन्ट पाएका छन् । आइसिसीको नियम अनुसार कुनैपनि खेलाडीसँग २४ महिना भित्रमा ४ डिमिरेट प्वाइन्ट भएमा एक टेस्ट खेल अथवा दुई ओडिआई वा दुई टि२० आई खेलमा प्रतिबन्ध लाग्ने गर्दछ।

त्यसै अनुसार अली खानलाई आगमी दुई खेलमा प्रतिबन्ध लाग्नेछ । अली खानसँग यसअघिनै तीन डिमिरेट प्वाइन्ट थिए । यस डिमेरिटसँगै २४ महिना भित्रैमा उनले चार डिमेरिट अंक पुर्याएका छन् । जसको कारण उनले दुई टि२० आई वा दुई ओडिआई खेल खेल्न पाउने छैनन् । अमेरिका र जर्सीसँगको खेलमा तीन खेलाडी कारबाहीमा परेका छन् । अली खान, जशदीप सिंह र इलोटन मिल्स कारबाहीमा परेका हुन् ।

उनले आइसिसीको २.५ धारा अनुसार विपक्षी खेलाडीलाई गाली र इशाराहरु गरेको कारण कारबाही गरेको हो । उनी अमेरिकाबाट डेमिरिट प्वाइन्टको कारण प्रतिबन्धमा पर्ने पहिलो खेलाडी हुन् । उनलाई म्याच फि को १५ प्रतिशत पनि जरिवना लागेको छ । उनका साथ जशदीप सिंहलाई ३० प्रतिशत जरिवना र २ डेमेरिट प्वाइन्ट मिलेको छ । जर्सीका मिल्सलाई १५ प्रतिशत म्याच फि जरिवना र एक डिमेरिट प्वाइन्ट मिलेको छ ।

गतवर्ष आइसिसी विश्वकप लिग २ मा नेपाली खेलाडीविरुद्ध पनि अभद्र व्यहबार गरेका थिए । सामाजिक सञ्जालमा नेपाली समर्थक संसारकै खराब बताएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । फिल्डिङका क्रममा नेपाली समर्थकलाई उत्तेजित पार्ने हर्कत गरेका अली खानले दोस्रो खेल जितेपछि नेपाली समर्थककै अगाडी भाङ्ग्रा नाच देखाएका थिए । उनको अनुशासनलाई लिएर आलोचना हुँदै आएको छ ।

डिमिरेट प्वाइन्ट खेलाडीको अनुशानको किसिम हेरि म्याच रेफ्रीले दिने गर्दछन् । २०१६ यता नेपालका सन्दीप लामिछाने र आरिफ शेखको नाममा ६ डिमिरेट प्वाइन्ट छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.