3 years ago
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टीका प्रबन्ध निर्देशक आमिर अख्तरलाई इपिएलका सहभागी टोलीले राष्ट्रिय खेलकुद परिषद् समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर मुद्दा फिर्ता लिन आग्रह गरेका छन् ।

६ टोलीका मालिकले फागुन १० गते लेखेको संयुक्त पत्र भनिएको छ,’ यहाँले जे जति मुद्दा मामिला दायर गर्नुभएको छ ती सबै मुद्दा मामिला यथाशिघ्र फिर्ता लिई समय शुलभ बनाइदिन सादर अनुरोध गर्दछौं ।’
साथै इपिएलका सहभागी टोलीले इपिएलको हिसाब मिलान गर्न समेत सोही पत्रमार्फत आग्रह गरेका छन् । पत्रमा भनिएको छ, ‘यहाँसँग भएको करार सम्झौता अनुसार इपिएलका सहभागी टिमहरुले पाउँनुपर्ने प्रतियोगिता अवधिभरको गेट टिकेट र ब्रोडकास्टिङ वापतको करार बमोजिम हुन आउने रकम हालसम्म पनि यहाँले उपलब्ध नगराएको हुँदा यथाशिघ्र उपलब्ध गराई हिसाब मिलान गर्न हुन समेत यहि पत्रमार्फत अनुरोध गर्दछौं ।’
पत्रमा काठमाडौं किङ्स ११ का सन्जय अग्रवाल, ललितपुर प्याट्रिओटसका किशोर महर्जन, चितवन टाइगर्सका किशोर भट्टराई, विराटनगर वारियर्सका विशाल अग्रवाल, भैरहवा ग्ल्याडियटर्सका साकेत अग्रवाल र पोखरा राइनोसकी दिपा अग्रवाल (कोहिनुर) ले हस्ताक्षर गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले एउटा देशमा एउटा मात्र फ्रेन्चाई लिग हुने भन्दै आफै आयोजना गर्ने गरेको थियो । जसका कारण इपिएल, धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) आयोजना स्थगित भएको थियो ।
अख्तरले क्यानको निर्णयविरुद्ध सर्वोच्चमा दायर मुद्दा विचाराधिन छ । क्यान आफैले पुसमा गरेको नेपाल टि ट्वान्टी लिग भने निकै विवादमा परेको थियो । क्यानले फागुन १५ गते सर्खेुतमा भएको साधारण सभामार्फत मुद्दा फिर्ता गर्न अख्तरलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]