3 years ago
April 7, 2023
एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १० औं लखनऊ सुपर जायन्ट्सलाई १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ । लखनऊमा भएको टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनायो ।

हैदराबादका राहुल त्रिपाठीले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाए । ओपनर अनोमलप्रित सिंह २६ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । अब्दुल सामद १० बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर मयंक अग्रवाल र सिंहले पहिलो विकेटका लागि २.५ ओभरमा २१ रनको साझेदारी गरेका थिए । क्रुनाल पान्ड्याले ओपनर मयंक अग्रवाललाई ८ रनमा क्याच आउट गराए । क्रुनालले अनोमल सिंहलाई एलबीडब्लू आउट गरे । कप्तान एडेन माक्ररम उनकै बलमा बोल्ड हुँदै गोल्डेन डक पेभेलिएन फर्केपछि समस्यामा परेको थियो ।
अक्सनमा १३ करोड २५ लाख भारुमा किनेका ह्यारी ब्रुक दोस्रो खेलमा पनि चल्न सकेनन् । ह्यारी ब्रुक स्पिनर रवि विश्रोईको बलमा निकोलस पुरनबाट तीन रमा स्टम्पिङ आउट भए ।

वासिन्टन सुन्दर २८ बलमा १६, आदिल राशिद ४ र उमरान मलिक शून्यमा आउट भए । लखनऊका क्रुनाल पान्ड्याले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।
अमित मिश्राले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यश ठाकुर र रवि विश्रोईले एक एक विकेट लिए । पहिलो खेलमा पनि खराब ब्याटिङ गर्दै हैदराबाद राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]