3 years ago
April 8, 2023
एजेन्सी – ओपनर यशस्वी जैसवाल र जस बटलरको सानदार ब्याटिङको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय रनको विशाल लक्ष्य दिएको छ ।

गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । राजस्थानका ओपनर जस बटलरले ५१ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।
अर्का बायाँ हाते युवा ओपनर यशस्वी जैसवाल ३१ बलमा ११ चौका र १ छक्कासहित ६० रनमा आउट भए । पहिलो विकेटका लागि जैसवाल र बटलरले ८.३ ओभरमा ९८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जैसवालले २५ र बटलरले ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।
दुबै खेलाडी तीव्र गतिका बलर मुकेश कुमारको बलमा कट एण्ड बोल्ड आउट भएका थिए । कप्तान सञ्जु स्यामसन डक र रियान पराग ७ रनमा आउट भए । शिम्रन हेटमायर २१ बलमा १ चौका र ४ छक्कासहित ३९ र ध्रुव जुरेल ८ रनमा अविजित रहे । दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कुलदीप यादव र रोभम्यान पावेलले एक एक विकेट लिए ।
पहिलो खेलमा दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५० रन र दोस्रो खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित भएको थियो । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो । पन्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]