default_image

3 years ago

April 9, 2023

लगातार तेस्रो जित निकाल्ने सोचमा गुजरात 

305 views

0 Bookmark

एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औैं खेलमा आज कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ मा अहमदाबादमा सुरुहुनेछ ।

हार्दिक पान्ड्याको कप्तानीमा रहेको घरेलु टोली गुजरात लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिन चाहन्छ । तर कोलकाताका स्पिन आक्रामण सामु सहज हुनेछैन । उता कोलकाता लगातार दोस्रो जित हात पार्ने दाउमा हुनेछ ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । उता कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलका कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो ।

बेंगलोरलाई हराउन शार्दुल ठाकुरले ६८ र रिंकु सिंहले ४६ रनको महत्वपूर्ण योगदान दिएका थिए । ओपनर रहमानउल्लाह गुरबाजले ५७ रन जोडेका थिए । आज टिम साउथीको स्थानमा जेसन रोेय खेल्ने सम्भावना छ । कोलकाताले गुरबाज र जेसन रोयलाई ओपनिङ गराउँदै मजबुत सुरुवात चाहन्छ ।

मन्दीपसिंहको स्थानमा एक तीव्र गतिका बलर खेलाउने सम्भावना छ। जसमा तीव्र गतिका बलर वैभव आरोराको सम्भावना छ । बेंगलोरलाई हराउन तीन स्पिनर बरुण चक्रवर्ती, सुनिल नारायण र सुयश शर्माको प्रदर्शन सानदार थियो । यी तीन बलरलाईबाट कोलकाता त्यस्तै प्रदर्शन चाहन्छ ।

गुजरातका ब्याटरलाई खेल्न सहज पनि हुने छैन । मध्यक्रममा कप्तान नितेश राणाबाट आजको खेलमा ठूलो इनिङको अपेक्षा गर्नेछ । पछिल्लो खेलमा शार्दुल र रिंकुको इनिङले कोलकाता पुरै टिमको मनोबल पनि उच्च छ । आन्द्रे रसेल प्रमुख हतियार हुन् । उनीबाट विष्फोटक ब्याटिङ चाहन्छ ।

उता दिल्लीलाई हराउन युवा ब्याटर शाई सुदर्शनले ६२ रनको इनिङ खेलेका थिए । गुजरात ओपनर ऋद्धिमान शाह र शुभमन गिलबाट राम्रो सुरुवात चाहन्छ । हार्दिक मध्यक्रममा खेल्नेछन् । गुजरातका डेविड मिलर प्रमुख ब्याटर हुन् । मिलर विपक्षी बलरको लागि किलर बन्न सक्छन् ।

राहुल टेवाटिया र राशिद खान पनि राम्रो बलिङ गर्ने गर्दछन् । गुजरातले चार तीव्र गतिका बलरलाई नै मैदान उतार्ने सम्भावना छ । अल्जारी जोशेफ, मोहम्मद शामी, यश दयाल र जोशुवा लिटिल तीव्र गतिका बलरको रुपमा टोलीमा छन् । राशिद खान प्रमुख बलर हुन् ।

गुजरातले भने टोलीमा परिवर्तन गर्ने सम्भावना निकै कम देखिन्छ । गुजरात र कोलकाताबीच एक खेल भएको छ । जसमा गुजरात भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.