3 years ago
April 9, 2023
एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १४ औं खेलमा आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हैदराबादमा हुनेछ । घरेलु टोली हैदराबाद पहिलो जितको खोजीमा हुनेछ । त्यसको लागि हैदराबादले सानदार ब्याटिङ गर्नुपर्ने हुन्छ । सुरुवाती दुबै खेल हैदराबादले कमजोर ब्याटिङको कारण हारेको थियो ।

हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । जितको लागि २ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । हैदराबाद लखनऊ सुपर जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गर्दै १ सय २१ रन मात्रै बनाएको थियो ।
हैदराबादका मयंक अग्रवाल, राहुल त्रिपाठी, एडेन माक्ररम र ह्यारी ब्रुक यी चार ब्याटर मध्य दुईले जिम्मेवारीका साथ ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । अक्सनमा १३ करोड २५ लाख भारु पाएका ब्रुकमाथि दबाब पनिछ । ब्रुक सुरुवाती दुई खेलमा १३ र ३ रन बनाएका छन् । इंग्लिस ब्याटर ब्रुक पनि दबाबमा छन् । उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।
वासिन्टन सुन्दर र अब्दुल सामद फिनिसरको रुपमा खेल्नेछन् । दुबै खेलमा अब्दुल सामदले राम्रो प्रदर्शन गरेका छन् । हैदराबादले फजलहक फारुकीको स्थानमा मार्को यानसनलाई मौका दिनसक्छ । उनी तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । टि नटराजान, भुवनेश्वर कुमार र उमरान मलिक जस्ता तीव्र गतिका बलर रहेको हैदराबाद बलिङमा दबाबमा कायम गर्नसक्छ ।

उता पन्जाब किंग्स लगातार तेस्रो जित हात पार्न चाहन्छ । पन्जाबले कोलकातालाई ७ रन र दोस्रो खेलमा राजस्थान रोयल्सलाई ५ रनले हराएको थियो । राजस्थानलाई हराउन ओपनर प्रभसिमरन ६० र कप्तान शिखर धवनले ८६ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
यी दुईबाट त्यस्तै दमदार सुरुवात चाहन्छ । पन्जाबको मध्यक्रम भने कमजोरीको रुपमा छ । भानुका राजपक्षेको प्रदर्शन मध्यक्रममा निकै महत्वपूर्ण हुनेछ । जितेश शर्मा, सिकन्दर राजा, साम करन र शाहरुख खानबाट आक्रामक ब्याटिङ चाहन्छ ।
तीव्र गतिका बलर नाथन एलिसले राजस्थानविरुद्ध ४ विकेट लिएका थिए ।
आजको खेलमा कागिसो रबाडालाई मैदान उतार्न सक्छ । रबाडालाई मैदान उतार्न राजालाई बेन्चमा राख्नुपर्ने हुन्छ । साम करन, नाथन एलिस, कागिसो रबाडा र अर्शदीप सिंह जस्ता तीव्र गतिका बलर भएको पन्जाबविरुद्ध रन जोड्न हैदराबादलाई सहज हुनेछैन ।
राजस्थान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । गुजरात, चेन्नई र पन्जाबको समान ४ अंक भएपनि रनेटरनरेटको कारण क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । मुम्बई, दिल्ली र हैदराबाद जित विहीन हुँदै क्रमशः आठौं, नवौं र पुछारमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]