3 years ago
April 9, 2023
एजेन्सी – अलराउन्डर विजय शंकरको विष्फोटक ब्याटिङको सहयोगमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । गुजरातका विजय शंकर २४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रनमा अविजित रहे । युवा ब्याटर साई सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए ।
गुजरातलाई ओपनर शुभमन गिल र ऋद्धिमान शाहले ४.२ ओभरमा ३३ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणको बलमा नारायण जगदीशनले डिप मिडविकेटमा शाहको उत्कृष्ट क्याच लिएका थिए । उनले १७ बलमा ३ चौकासहित १७ रन बनाए ।

शुभमन गिल ३१ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । दोस्रो विकेटका लागि गिल र सुदर्शनले ६७ रनको साझेदारी गरेका थिए । सयुश शर्माले अभिनव मनोहरलाई १४ रनमा बोल्ड गरे ।
डेविड मिलर २ रनमा अविजित रहे । कोलकाताका सुनिल नारायणले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सुयश शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]