3 years ago
April 10, 2023
बायाँ हाते युवा ब्याटर रिंकु सिंहले कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आइतबार राती गुजरात जायन्ट्सविरुद्ध तीन विकेटको अविश्वसनीय जित दिलाउन अन्तिम ओभरमा लगातार पाँच छक्का हाने । टोलीलाई अन्तिम ओभरमा जितको लागि २९ रन चाहिँएको थियो । बायाँ हाते तीव्र गतिका बलर यश दयालको पहिलो बलमा उमेश यादवले एक रन बटुल्दै रिंकुलाई स्ट्राकइ दिए । त्यसपछि रिंकुले विश्वले आशा मारेको खेल फिल्मी शैलीमा जिताए।

कोलकातालाई जितको लागि पाँच बलमा २८ रन बनाउनु पर्ने थियो । रिंकुले लगातार पाँच छक्का हान्दै अविश्वसनीय जित दिलाए । दयालले गरेको दोस्रो अफ साइड फुलटस बललाई रिंकुले एक्स्ट्रा कभरमाथि छक्का हान्दै सुरुवात गरे । तेस्रो फुलटस बललाई उनले स्क्वायर लेगमाथि छक्का हाने । चौथो बल पनि फुलटस फ्याँलेपछि रिंकुले लङअफमाथि ९१ मिटर टाढा छक्का हानेका थिए ।
लगातार तीन छक्कापछि बाँकी दुई बलमा १० रन चाहिँएको थियो । कप्तान राशिद खानले उनलाई केहि समय सम्झाए । तर दयाल दबाबमा सम्हाल्नि सकेनन् । पाँचौं बल उनले सट लेन्थमा फ्याँलेका थिए । रिंकुले लङअनमा सानदार छक्का हाने । अन्तिम बलमा चार रन चाहिँएको थियो ।
राशिद, शुभमन गिल र डेविड मिलरले योर्करको लागि बलरलाई सुझाव दिए । कोलकाताको डग आउटमा खुसीयाली हुँदा गुजरातमा छटपटी थियो । अन्तिम बलमा रिंकुले लङअनमाथि छक्का हान्दै अविश्वसनीय जित दिलाए ।
सबैभन्दा अग्र पंक्तिमा कप्तान नितिश राणा औंला देखाउँदै लोभलाग्दो सेलेब्रेसनका साथ मैदान छिरे । उता रिंकु पनि दौडिएर खुसी मनाउन थाले । मुख्य प्रशिक्षक चन्द्रकान्त पन्डितको अंगालो मारे । त्यसपछि सबै खेलाडीले अंगालो मार्दै खुसी साटेका थिए । जितपछि खुसी मनाउनु पर्ने रिंकु निकै भावुक हुँदै रुन थालेका थिए ।

उनले खेलेको अन्तिम ७ बलमा ४० रन जोडेका थिए । क्रिकेटमा यस किसिमको प्रदर्शन विरलै देखिन्छ । १९ औं ओभरको अन्तिम दुई बलमा जोशुवा लिटिललाई एक चौका र छक्का प्रहार गर्दै झिनो आशा जीवित राखेका थिए । आइपिएलमा विश्वका लगभग सबै स्टार खेलाडीले खेलेका छन् । तर अन्तिम ओभरमा पाँच छक्का हान्दै खेल जिताउने रिंकु मात्रै हुन् । आइपिएल इतिहासमा क्रिस गेलपछि मात्रै लगातार पाँच छक्का हान्ने उनी दोस्रो खेलाडी हुन् ।
लगातार पाँच छक्का हान्ने रिंकु यो यात्रामा आउन धेरै संघर्ष र कडा मिहिनेत गरेका छन् । गरिबी, अभावै अभाव, सिलिन्डर बोक्ने काम गर्नेदेखी प्रतिबन्ध हुँदै उनी आइपिएलमा सुपर हिरो बनेका हुन् । गतवर्ष लखनऊले दिएको २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । उनले १५ बलमा २ चौका र ४ छक्कासहित ४० रन बनाएका थिए ।

अन्तिम ओभरमा २१ रन जितको लागि चाहिँदा रिंकुले मार्कस स्टोइनिसलई सुरुवाती तीन बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए । चौथो बलमा दुई रन बटुलेपछि जितको लागि दुई बलमा तीन रन चाहिँएको थियो । तर पाँचौं बलमा उनी क्याच आउट भएका थिए । अन्तिम बलमा उमेश यादव योर्कर बलमा बोल्ड भएपछि दुई रनले पराजित हुन पुगेको थियो ।
यसै आइपिएलको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराउन रिंकुले ४६ रनको महत्वपूर्ण योगदान दिएका थिए । एक समय ८९-५ को दयनीय अवस्थामा पुगेको कोलकातालाई २ सय ४ रनमा पुर्याउन रिंकु र शार्दुल ठाकुरले छैटौं विकेटका लागि १ सय ३ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रिंकुले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए ।
‘यो गर्न सक्नेमा मलाई विश्वास थियो । गतवर्ष अन्तिम खेलमा मैले लखनऊविरुद्ध एक इनिङ खेलेको थिए । त्यहाँ पनि एक विश्वास थियो, र आज पनि । राणाले मलाई विश्वास राख्दै अन्तिम सम्म खेल्न भनेका थिए’, खेलपछि उनले भने । त्यसैमा थपे, ”अन्तिम ओभरमा मैले केहि पनि सोचेको थिएन । जस्तो बल आएको थियो त्यस्तै खेले । पाँच छक्का मार्छु भनेर सोचेको थिएन । खेलमा लाग्दै गयो । विश्वास थियो । म्याच पनि जित्यौं।”

‘रिंकुले गतवर्ष गरेको हुँदा थोरै विश्वास त थियो । कप्तान भएपछि लक्ष्य पछ्याउँदा विश्वास राख्न आवश्यक हुन्छ । तर यस्तो एक सय खेलमा एउटामा मात्रै जित हुन्छ । मसँग उनको इनिङ बयान गर्ने कुनै शब्द छैन’, कोलकाता कप्तान नितिश,’ राणाले भने ।
को हुन् रिंकु सिंह?
रिंकु बुबा खानचन्द र आमा विनादेवीको कोखबाट सन् १९९७ अक्टोबर १२ मा उत्तर प्रदेशको अलीगढमा जन्मिएका हुन् । गरिब परिवारमा जन्मिएका उनलाई बाल्यकालमा क्रिकेट एक सपना थियो । बुबा एलपिजी ग्यास सप्लाई काम गथें । उनका बुबा आफ्नो रिक्सामा ग्यास बोकेर घर घर गएर छोड्ने काम गर्दथें ।
त्यो कामबाट महिनाको ९ देखी ११ हजार भारु मात्रै मिल्थ्यो । आफ्नो घर थिएन । भाडामा बसेका थिए । जसबाट परिवारका नौं सदस्यको पेट पाल्नु पर्दथ्यो । रिंकुको सानैदेखि क्रिकेटमा रुचि थियो । उनीहरु पाँच दाजुभाई थिए । सबै मिलेर बल किनेर खेल्थे । सुरुमा त पैसा हुँदैन थियो । राम्रोसँग खान नपुग्ने अवस्थामा बुबा आमाले पैसा दिने कुरै हुने थिएन ।
घरबाट पढ्न मात्रै भन्थे । उनी स्कुल पढ्न जादा सिनियरको खेल हेर्थे । त्यसपछि उनलाई पनि खेल्न मन लाग्थ्यो । बुबा क्रिकेट खेल्न खेल्दा गाली गर्थे । आमा छोराको बाल्यकालको रहरलाई साथ दिन्थिन् । उनले स्कुल पढ्दा लेदर बलको पहिलो खेलमा ३२ बलमा ५४ रन बनाएका थिए । कलेजको प्रतियोगिता खेल्न उनको टोली कानपुर गएको थियो । जाने पैसा नभएपछि आमाले छेउको पसलबाट एक हजार भारु मागेर दिएकी थिइन् ।

‘बुबाको काम पाँच भाइले पनि सहयोग गर्दिनु पर्दथ्यो । बाबाको काम हामीहरुले पनि गर्नु पर्दथ्यो । हामीले काम नगरेपछि बुबा रिसाउनु हुन्थ्यो । हामी पाँच भाईले नै धेरै सिलिन्डर बोकेका थियौं । बाइक हुन्थ्यो । सबै भन्दा ठूलो सिलिन्डर दुई दुई गरेर होटलमा दिन्थ्यौं । बुबाको लागि हामीले धेरै मिहिनेत पनि गयौं । जहाँ जादा र खेल्दा पनि पाँच भाइसँगै जान्थ्यौ’, रिंकुले भने ।
गरिबीले परिवार पाल्ननै धेरै कठिन भएको थियो ।
सुरुमा उनलाई बुबाले दाईको साथ काम गर्न आग्रह गरेका थिए । उनलाई पोछा लगाउने काम मिलेको थियो । कसैलाई नभनी विहान आएर काम गरेर जान भनिएको थियो । तर उनले त्यो अस्वीकार गर्दै क्रिकेट नै खेल्ने निर्णय लिए । सबै ध्यान क्रिकेटमा मात्रै थियो । उनीसँग दोस्रो विकल्प पनि थिएन । क्रिकेटमै ध्यानपछि उनले धेरै पढेका पनि छैनन् ।
जहाँ खेल हुन्थ्यो । रिंकु राम्रो खेल्थे । भनिन्छ कसैको कोही हुदैन । त्यसको भगवान हुन्छ । त्यस्तै रिंकुको लागि मोहम्मद जिशानले धेरै आर्थिक सहयोग र साथ दिए । उनको सबै क्रिकेट सामग्री उपलब्ध गराएपछि उनले क्रिकेटमा थप केन्द्रित हुन थाले ।
क्रिकेट करिअर

उनले २०१०/११ मा यू१६ को ट्रायल दिएका थिए । तर त्यो समय उनी छनोट भएका थिएनन् । तीन पटक बाहिरिएपछि उनले २०१२ मा यू-१६ प्रतियोगिता खेलेका थिए ।
पहिलो खेलमै १ सय ५४ रनको सानदार शतक हानेका थिए । त्यसपछि उनलाई खेल्न सक्ने विश्वास आएको थियो । त्यसपछि उनले यू-१९ खेले । त्यहाँ अलि सोचे जस्तो प्रदर्शन भएन ।
तर उनले २०१६ मा उत्तर प्रदेशबाट भारतको सर्वाधिक ठूलो घरेलु प्रतियोगिता रणजी ट्रफीमा पन्जाबविरुद्ध डेब्यू गर्दै ७७ बलमा ५० रन जोडेका थिए ।
दोस्रो इनिङमा उत्तर प्रदेश ९५ रनमा अल आउट भएको थियो । तर रिंकुले ९३ बलमा ३ चौकासहित ४३ रनमा अविजित रहँदै अन्तिमम सम्म लडेका थिए । त्यहि खेलदेखी भारतबाट खेल्न सक्ने सोच आएको उनी बताउँछन् । दिल्लीको एक प्रतियोगितामा प्लेयर अफ द सिरिज बन्दै मोटरसाइकल जितेका थिए ।
आइपिएल र समाप्त गरिबी

२०१७ को अक्सनमा पन्जाब किंग्सले रिंकुलाई १० लाख भारुमा किनेको थियो । अलीगढबाट आइपिएलमा छनोट हुने पहिलो खेलाडी थिए । उनले त्यहाँ कुनैपनि खेल खेल्न पाएनन् । २०१८ को मेगा अक्सनमा रिंकुलाई कोलकाताले ८० लाख भारुमा किनेको थियो । उनको लागि त्यो पैसा सपना जस्तो थियो ।
कोलकाताले किनेपछि उनले त्यो पैसाले घरको सबै ऋणहरु तिरे । ‘मैले यति धेरै पैसा कहिल्यै देखेको थिएन । पैसा धेरै थियो । घरका धेरै खुसी थिए । उनको घरमा आर्थिकको कारण भएका सबै समस्या हटे । म घर गएपछि भएका साना तिना ऋण र कर्जाहरु सबै तिरिदिए । त्यसपछि सबै राम्रो भएकोछ’, उनले भने । आइपिएलमा छनोट भएपछि बुबाले ग्यास सप्लाईको काम पनि छाडेका थिए ।
२०१८/१९ को रणजीमा उत्तर प्रदेशबाट उनले १० खेलमा ९ सय ५३ रन बनाउँदै सानदार प्रदर्शन गरेका थिए । उनले १६३, १४९, १४९ र १५० गरि चार सानदार शतक हानेका थिए । २०१९ मा ५ खेलमा उनले ३७ रन मात्रै बनाएका थिए ।
२०२० मा उनले एक मात्रै खेल खेल्ने अवसर पाएका थिए । २०२१ मा भने उनले घुँडामा चोटका कारण पुरै प्रतियोगिता गुमाउनु परेको थियो । २०२२ को अक्सनमा कोलकाताले उनलाई ५५ लाख भारुमा किनेको थियो । २०२२ मा उनले ७ खेलमा १ सय ७४ रन बनाएका थिए ।

तीन महिना प्रतिबन्ध
रिंकुलाई भारतीय क्रिकेट बोर्डले युएईमा रमादन टि२० प्रतियोगिता अनुमति बिनानै खेलेको भन्दै २०१९ मा तीन महिना प्रतिबन्ध लगाएको थियो ।
गरिबीले कुनैपनि खेलाडीको प्रतिभा मार्न सक्दैन भन्ने यो एउटा राम्रो उदाहरण हो । लगनशील, धैर्यता, नियमित कडा मिहिनेत र विश्वास राख्ने हो भने सफलता एकदिन आफैं आउँछ । रिंकु उमेरले बल्ल २५ वर्ष भएका छन् । उनले अहिले आफ्नो क्षमता बल्ल देखाएका छन् ।
उनले गर्नुपर्ने धेरैछ । उनको लागि यो सुरुवात मात्रै हुनेछ । यस इनिङ उनको क्रिकेट करिअरको टर्निङ प्वाइन्ट बन्नसक्छ । आइपिएलमा यसरी नै राम्रो गर्दै गए भारतबाट खेल्ने सपना पनि चाँडै पुरा हुनेछ।
(एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति)
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]