default_image

3 years ago

April 10, 2023

नेपाल आउने ओमानको टोलीमा स्टार अलराउन्डरको पूनरागमन

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्टार अलराउन्डर अकिब इलियासलाई समेट्दै ओमानले एसिसी प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । आइसिसी विश्वकप लिग-२ मा घरेलु टोली नेपालविरुद्धका शतकधारी अकिब १६ महिनापछि ओमानको टोलीमा फर्किएका छन् ।

उनी बोन ट्युमरको कारण अकिब २०२१ नोभेम्बर देखि ओमानको टोलीमा छैनन् । उनको आगमनले ओमानको टोली थप मजबुत हुनेछ । अकिबले १७ ओडिआई खेलमा २ शतक र ५ अर्धशतकसहित कुल ८ सय १२ रन बनाउनुको साथै १९ विकेट लिएका छन् ।

आइसिसी विश्वकप लिग–२ मा अकिबले नेपालविरुद्ध २०२० फेब्रुअरी ९ मा चार विकेट लिनुको साथै १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको शतकको सहयोगमा ओमानले २ सय ५० रनको लक्ष्य ४७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । लगत्तै अर्को खेलमा अकिबले अमेरिकाविरुद्ध टियुमा नै १ सय ५ रन बनाएका थिए । उनको आगमनले ओमानको टोली सन्तुलनमा ठूलो प्रभाव पार्नेछ ।

अकिब र जतिन्दर सिंहले ओमानको ओपनिङ सम्हाल्ने छन् । शीर्षक्रम ब्याटिङ मजबुत हुनेछ । ओमानले विकेटकिपर अदिल अहमद शफीकलाई पहिलो पटक टोलीमा समेटको छ । अनक्याप्ड अदिलसँग इंग्ल्यान्डमा घरेलु क्रिकेट खेलेका अनुभव छ । भारतीय मुलका स्पिनर अलराउन्डर जय ओडेरलाई पनि नेपाल भ्रमणमा टोलीमा समेटेको छ ।

ओमानको ब्याटरको रुपमा जिशान मकसुद, जतिन्दर सिंह, अकिब इलयास, कश्याप प्रजापति र शोएब खान छन् । अनुभवी तीव्र गतिका बलर बिलाल खान पनि टोलीमा छन् । ओमानले एसिसी प्रिमियर कप अघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइन र वैशाख २(अप्रिल १५) मा नेपालसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप १८ अप्रिल देखि १ मे सम्म टियु र मुलपानी मैदानमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । ओमान पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछ ।

ओमान र नेपालबीच वैशाख ८ (अप्रिल २१) मा टियु मैदानमा ओडिआई मान्यता खेल हुनेछ । प्रिमियर कप उपाधि दाबेदार यी दुईबीचको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण हुने अनुमान गरिएको छ । ओमानले पहिलो खेल १९ अप्रिलमा मुलपानी मैदानमा कतारसँग खेल्दै सुरुवात गर्नेछ ।

नेपालसँग टियुमा खेलेपछि ओमानले अप्रिल २३ मा मुलपानीमा मलेसियासँग खेल्नेछ । २६ अप्रिलमा ओमानले टियु मैदानमा साउदी अरेवियासँग खेल्नेछ ।

ओमानको टोली :

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.