default_image

3 years ago

April 11, 2023

‘यो प्रदर्शन मेरो श्रीमती र छोरीलाई समर्पित गर्न चाहन्छु’– पुरन

273 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिज तथा लखनऊ सुपर जायन्ट्सका विकेटकिपर निकोलस पुरनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १५ बलमै अर्धशतक हान्दै उत्कृष्ट ब्याटिङ गरेपछि प्रदर्शन श्रीमती र छोरीलाई समर्पित गरेको बताएका छन् ।

निकै रोमान्चक खेलमा लखनऊले अन्तिम बलमा बेंगलोरलाई एक विकेटले पराजित गर्यो । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । अन्तिम बलमा जितको लागि एक रन चाहिँदा आवेश खान र रवी विश्रोईले लेग वाईको रुपमा रन जोडेका थिए । विकेटकिपर दीनेश कार्तिक रन आउट गर्ने अवसर चुकाएका थिए ।

निकोलस पुरनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको सानदार इनिङ खेले । खेलपछि प्रदर्शन श्रीमती र छारीलाई समर्पित गरेको बताए । ‘मैले यो प्रदर्शन मेरो श्रीमती र नवजाज छोरीलाई समर्पित गर्न चाहन्छु । हामीलाई थाहा थियो कि खेलमा हाम्रो सम्भावना थियो । मार्कस स्टोइनिस र लोकेश राहुलले अद्भुत साझेदारी गरे । स्टोइनिसले खेलमा हामीलाई राखे । यो विकेट राम्रो हो भन्ने मलाई थाहा थियो’, प्लेयर अफ द म्याच पछि पुरनले भने ।

पुरनकी श्रीमती क्याथरीन मिगुएलले गत जनवरी छोरीलाई जन्म दिएकी थिइन् । यी दुईबीच २०२१ मा विवाह भएको थियो । छोरीको जन्मपछि पुरनले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । गतवर्ष खराब प्रदर्शनपछि वेस्टइन्डिजको कप्तानी छाडेका पूरनले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् ।

विशाल लक्ष्य पछ्याएको लखनऊ एक समय ४ ओभरमा २३-३ को अवस्थामा थियो । तर राहुल र मार्कस स्टोइनिसले ४० बलमा ७६ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । स्टोइनिसले ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । कप्तान लोकेश राहुलले २० बलमा १ चौकासहित १८ रनमा आउट भएका थिए ।

‘हामीले अन्तिम चार ओभरमा ५० भन्दा बढी लक्ष्य पूरा गर्न सक्छौं भन्ने थाहा थियो । दोस्रो बलमा मैले छक्का हाने । यो भित्र हेर्ने बारेमा होईन । यदि मेरो रेन्चको बल छ भने म त्यसलाई छक्का प्रहार गर्छु’, उनले भने ।

छैटौं विकेटका लागि पुरन र आयुष बदोनीले मात्रै ३५ बलमा ८४ रनको विष्फोटक साझेदारी गरेका थिए । पुरनले पछिल्लो तीन वर्षमा खासै राम्रो गर्न सकेका थिएनन् । तर फ्रेन्चाइज टोली उनीमाथि विश्वास र आशा बढ्दै जादा निरन्तर महँगो मूल्य लगाउँदै आएका छन् ।

यस पटकको अक्सनमा लखनऊले पुरनलाई १६ करोड भारु (झन्डै २६ करोड रुपैयाँ) मा किनेको थियो । गतवर्ष सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा किनेको थियो । त्यसअघि पन्जाब किंग्समा ४ करोड २० लाख भारु पाएका थिए ।

पुरन पछिल्ला केहि वर्षमा आफैंलाई धेरै दबाब दिएको बताउँछन् । ‘पछिल्ला केहि वर्षहरुमा मैले खेलहरु फिनिस (समाप्त) गर्न आफैंलाई धेरै दबाब दिए । आज म पनि म खेल समाप्त गर्न चाहन्थे । तर अन्तिममा आउट भए । मलाई आशा छ यो सिजन मेरो लागि हो’, पुरनले भने ।

पुरनले १५ औं ओभरको पाँचौं बलमा वेन पार्नेललाई छक्का हान्दै मात्रै १५ बलमा अर्धशतक पूरा गरेका थिए । यस सिजनको यो सर्वाधिक छिटो अर्धशतक हो । यसअघि अजिक्या रहाणले मुम्बईविरुद्ध १९ बलमा अर्धशतक प्रहार गरेका थिए ।

आइपिएल इतिहासमा दोस्रो संयुक्त छिटो अर्धशतक हो । आइपिएलमा सर्वाधिक छिटो अर्धशतक लोकेश राहुल र प्याट कमिन्सले हानेका छन् । लोकेश राहुलले २०१८ मा पन्जाब किंग्सबाट दिल्ली क्यापिटल्स तथा प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट मुम्बईविरुद्ध पुणेमा समान १४ बलमा अर्धशतक प्रहार गरेका थिए ।

कोलकाताबाटनै २०१४ मा हैदराबादविरुद्ध युसुफ पठान र सुनिल नारायणले बेंगलोरविरुद्ध २०१७ मा समान १५ बलमा अर्धशतक हानेका थिए । यो जितसँगै लखनऊ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।

लखनऊले शनिबार पन्जाब किंग्सविरुद्ध खेल्नेछ । आजको आइपएलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिपस्पर्धा हुनेछ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.