default_image

3 years ago

April 11, 2023

उत्कृष्ट ब्याटिङसँगै पर्चुगलको कीर्तिमानी जित

173 views

0 Bookmark

एजेन्सी – पर्चुगलले उत्कष्ट ब्याटिङ गर्दै पहिलो टि२० आई खेलमा जिब्राल्टारमाथि १ सय २४ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै पर्चुगलले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको जिब्राल्टार १५.३ ओभरमा ८४ रनमा अल आउट भयो । पर्चुगलको यो टि२० आईमा सर्वाधिक ठूलो जित हो । यसअघि पर्चुगलको सर्वाधिक ठूलो जित जिब्राल्टारविरुद्धनै २०२१ मा १ सय १० रन थियो । पर्चुगलको यो तेस्रो ठूलो योगफल हो । यसअघि जिब्राल्टारविरुद्ध २०२१ मा २ सय १८ र २ सय १७ रन बनाएको थियो ।

जिब्राल्टारका लुईस ब्रुसले ३३ बलमा २ चौकासहित ३३, कप्तान अवनीश पाई र जेम्श फिट्जगेराल्डले समान १२ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो गर्न सकेनन् ।

पर्चुगलका सिराजउल्लाह खादिमले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए । सैद मैसम अली र फ्रेकोइस स्टोमनले समान दुई विकेट लिए ।

त्यसअघि घरेलु टोली पोर्चुगलले सन्तारेम क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । पोर्चुगलका ओपनर कुलदीपले ३४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६७ रन बनाए ।

कप्तान शमर्न गोम्स २४ र अमनदीप सिंह २० रनमा आउट भए । मध्यक्रमका ब्याटर मिगुएल मचाडोले २९ बलमा ३ चौका र ३ छक्कासहित ५२ रनमा अविजित रहे ।

जिब्राल्टार ज्याक होरोक्स र इयान ल्याटिनले समान दुई विकेट लिए । दोस्रो र तेस्रो खेल आज नै हुदैछन् । दोस्रो खेल दिउँसो २ : ४५ र तेस्रो खेल साँझ ७ : ४५ मा हुनेछ । त्यसपछि माल्टा, जिब्राल्टार र पोर्चुगलबीच त्रिकोणात्मक टि२० आई सिरिज हुँदैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.