default_image

3 years ago

April 11, 2023

अक्षरको आक्रामक अर्धशतकमा मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

168 views

0 Bookmark

एजेन्सी – अलराउन्डर अक्षर पटेलको आक्रामक अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली दिल्ली १९.४ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।

दिल्लीका अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रनको आक्रामक इनिङ खेले । अक्षरले मात्रै २२ बलमा अर्धशतक पूरा गरेका थिए । उनको आइपिएल करिअरको पहिलो अर्धशतक हो ।

कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौकासहित ५१ रन बनाए । वार्नरलाई मिडअफमा पियुष चवालाले ३७ रनमा क्याच छाड्दै जीवनदान दिएका थिए । त्यस्तै अक्षरले ब्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जेसन बेहरनडोफको बलमा लङअनमा सूर्यकुमार यादवले क्याच छाड्न पुगेका थिए ।

सूर्य क्याच लिन नसकेपछि उनको आखाँमा चोट लागेको थियो । छैटौं विकेटका लागि वार्नर र पटेलले ६७ रनको साझेदारी गरेका थिए । दिल्लीका ओपनर पृथ्वी शा तेस्रो खेलमा पनि चल्न सकेनन् । शा १० बलमा ३ चौकासहित १५ रनमा आउट भए । चौथो ओभरको चौथो बलमा शा सट लेगमा क्यामरन ग्रीनबाट क्याच आउट भए ।

मनिष पाण्डे १८ बलमा ५ चौकासहित २६ रनमा आउट भए । पाण्डे स्पिनर पियुष चवालाको बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा क्याच आउट भएका थिए । रोभम्यान पोवेल ४ रनमै चवालाको बलमा एलबीडब्लू आउट भए । चवालाले नै ललित यादवलाई २ रनमा बोल्ड गरे ।

डेब्यू खेल खेलेका यश धुल २ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राइली मेरिडीथको बलमा नेहाल वढेराबाट क्याच आउट भएका थिए । दिल्ली १२.३ ओभरमा ९८-५ को कमजोर अवस्थामा पुगेको थियो ।

अक्षर र वार्नरको साझेदारीले दिल्ली खेलमा फर्किएको थियो । १९ औं ओभरमा जेसन बेहरनडोफले मात्रै एक रन खर्चेर चार विकेट लिएपछि बलियो योगफलको सम्भावना सकिएको थियो । १८ ओभरमा दिल्ली १६५-५ को बलियो अवस्थामा थियो । तर बाँकी ७ रन जोड्दा ५ विकेट गुमायो ।

मुम्बईका पियुष चवालाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोेफले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडीथले ३.४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.