default_image

3 years ago

April 11, 2023

अक्षरको आक्रामक अर्धशतकमा मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

171 views

0 Bookmark

एजेन्सी – अलराउन्डर अक्षर पटेलको आक्रामक अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली दिल्ली १९.४ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।

दिल्लीका अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रनको आक्रामक इनिङ खेले । अक्षरले मात्रै २२ बलमा अर्धशतक पूरा गरेका थिए । उनको आइपिएल करिअरको पहिलो अर्धशतक हो ।

कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौकासहित ५१ रन बनाए । वार्नरलाई मिडअफमा पियुष चवालाले ३७ रनमा क्याच छाड्दै जीवनदान दिएका थिए । त्यस्तै अक्षरले ब्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जेसन बेहरनडोफको बलमा लङअनमा सूर्यकुमार यादवले क्याच छाड्न पुगेका थिए ।

सूर्य क्याच लिन नसकेपछि उनको आखाँमा चोट लागेको थियो । छैटौं विकेटका लागि वार्नर र पटेलले ६७ रनको साझेदारी गरेका थिए । दिल्लीका ओपनर पृथ्वी शा तेस्रो खेलमा पनि चल्न सकेनन् । शा १० बलमा ३ चौकासहित १५ रनमा आउट भए । चौथो ओभरको चौथो बलमा शा सट लेगमा क्यामरन ग्रीनबाट क्याच आउट भए ।

मनिष पाण्डे १८ बलमा ५ चौकासहित २६ रनमा आउट भए । पाण्डे स्पिनर पियुष चवालाको बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा क्याच आउट भएका थिए । रोभम्यान पोवेल ४ रनमै चवालाको बलमा एलबीडब्लू आउट भए । चवालाले नै ललित यादवलाई २ रनमा बोल्ड गरे ।

डेब्यू खेल खेलेका यश धुल २ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राइली मेरिडीथको बलमा नेहाल वढेराबाट क्याच आउट भएका थिए । दिल्ली १२.३ ओभरमा ९८-५ को कमजोर अवस्थामा पुगेको थियो ।

अक्षर र वार्नरको साझेदारीले दिल्ली खेलमा फर्किएको थियो । १९ औं ओभरमा जेसन बेहरनडोफले मात्रै एक रन खर्चेर चार विकेट लिएपछि बलियो योगफलको सम्भावना सकिएको थियो । १८ ओभरमा दिल्ली १६५-५ को बलियो अवस्थामा थियो । तर बाँकी ७ रन जोड्दा ५ विकेट गुमायो ।

मुम्बईका पियुष चवालाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोेफले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडीथले ३.४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.