default_image

1 year ago

April 12, 2023

रुविनाको घातक बलिङ, पाँच विकेट लिँदै सानदार अलराउन्ड प्रदर्शन

284 views

0 Bookmark

एजेन्सी – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले बर्मी आर्मीबाट फेयर ब्रेक टि२० प्रतियोगितामा शफायर्स वुमन्सविरुद्ध घातक बलिङ गर्दै पाँच विकेट लिनुको साथै सानदार अलराउन्ड प्रदर्शन गरेकी छिन् । रुविनाका सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा बर्मी आर्मी ६१ रनले विजयी भएको छ ।

जितको लागि १ सय ६९ रनको बलियो लक्ष्य पछ्याएका शफायर्स १५.५ ओभरमा १ सय ७ रनमा अल आउट भयो । स्पिनर रुविनाले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ५ विकेट लिइन् ।

रुविना फेयर ब्रेकमा पाँच विकेट लिने पहिलो एसोसिएट बलर बनेकी छिन् । समग्रमा एकै खेलमा फेयर ब्रेकमा पाँच विकेट लिने उनी चौथो खेलाडी हुन् । यस प्रतियोगिता पहिलो बलर हुन् ।

रुविनाको घातक बलिङ सामु शफायर्सका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तशा फरेन्टले ३२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाइन् । इरुन ब्रुन्स १७ बलमा ४ चौकासहित २१ र बबेटी डी लिडेले २५ बलमा ४ चौकासहित २३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङका निम्तो पाएको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । रुविना २५ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहिन् । उनको स्ट्राइक रेट १ सय २८ थियो । यस खेलमा बर्मीको सर्वाधक रन बनाउने दोस्रो ब्याटर हुन् ।

ओपनर लौरा वोल्भार्डटले ३९ बलमा ९ चौकासहित ४९ रनमा आउट भइन् । शेमेन क्याम्पबेलले १७ बलमा ५ चौकासहित ३० रनमा आउट भइन् । यसअघि दुई खेल खेलेपनि रुविनाले ब्याटिङको अवसर गर्ने अवसर आएको थिएन ।

शफायर्सकी जिभाना अर्सले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिइन् । साना मिर, केरी चान, सिबोना जिमी र अदितिबाले समान एक विकेट लिइन् ।

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

Success

Thank you for your time.