default_image

3 years ago

April 12, 2023

रुविनालाई ‘प्लेयर अफ द म्याच अवार्ड’

340 views

0 Bookmark

एजेन्सी – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले बर्मी आर्मीबाट फेयर ब्रेक टि२० प्रतियोगितामा शफायर्स वुमन्सविरुद्ध सानदार प्रदर्शन गरेपछि प्लेयर अफ द म्याच अवार्ड पाएकी छिन् । घातक बलिङ गर्दै पाँच विकेट लिनुको साथै उत्कृष्ट ब्याटिङका साथ रुविनाले प्लेयर अफ द म्याच अवार्ड जितेकी हुन् ।

रुविनाका सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा बर्मी आर्मी ६१ रनले विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । जितको लागि १ सय ६९ रनको बलियो लक्ष्य पछ्याएका शफायर्स १५.५ ओभरमा १ सय ७ रनमा अल आउट भएको थियो ।

स्पिनर रुविनाले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ५ विकेट लिइन् । रुविना फेयर ब्रेकमा पाँच विकेट लिने पहिलो एसोसिएट बलर बन्ने इतिहास रचिन् । समग्रमा एकै खेलमा फेयर ब्रेकमा पाँच विकेट लिने उनी चौथो खेलाडी हुन् । यस प्रतियोगितामा पाँच विकेट लिने उनी पहिलो बलर समेत हुन् ।

रुविनाले लगातार दोस्रो पटक इनिङको बलिङ सुरुवात गरेकी थिइन् । पहिलो ओभरमा रुविनाले ६ रन खर्चेकी थिइन् । बाबेट डि लिडेले दोस्रो बलमा दुई र चौथो बलमा चौका हानेकी थिइन् । अन्य चार बल रुविनाले डट राखेकी थिइन् । पाँचौं ओभरमा रुविनाले मात्रै दुई रन खर्चेर दुई विकेट लिएकी थिइन् ।

पहिलो बलमै इरिन बर्न्सलाई विकेटकिपर विनफिल्ड हिलबाट २१ रनमा क्याच आउट गराएकी थिइन् । उनले १७ बलमा ४ चौका प्रहार गरे । मरिमय उमरले दोस्रो बलमा दुई रन बटुलिन् । त्यसपछि दुई बल डट राखिन् । पाँचौं बलमा उनलाई क्याच आउट गरेकी थिइन् ।

११ औं ओभरमा रुविनाले डबल विकेटमेडन राखेकी थिइन् । लिडेलाई २३ रनमा स्टम्पिङ आउट गरिन् । त्यसपछि लगातार चार बल डट खाएकी करी चान अन्तिम बलमा बाल्ड आउट भइन् । १५ औं ओभरको चौथो बलमा पाकिस्तानकी स्टार खेलाडी साना मीर ९ रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरेकी थिइन् ।

रुविनाको घातक बलिङ सामु शफायर्सका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङका निम्तो पाएको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । रुविना २५ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहिन् ।

उनको स्ट्राइक रेट १ सय २८ थियो । यस खेलमा बर्मीको सर्वाधक रन बनाउने दोस्रो ब्याटर हुन् । ओपनर लौरा वोल्भार्डटले ३९ बलमा ९ चौकासहित ४९ रनमा आउट भइन् । शेमेन क्याम्पबेलले १७ बलमा ५ चौकासहित ३० रनमा आउट भइन् ।

५ खेलमा ४ मा जित र १ मा हारसहित १३.५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । वारियस वुमन्स ५ खेलमा ३ मा जित र १ मा हारसहित १५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.