3 years ago
April 12, 2023
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा चेन्नई सुपर किंग्समाथि तीन रनको रोमान्चक जित हात पारेको छ । रोमान्चक जितका साथ ६ अंक बटुल्दै राजस्थान अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम १२ बलमा ४० रन चाहिँएको थियो । रविन्द्र जडेजाले १९ औं ओभरमा तीव्र गतिका बलर जेसन होल्डरलाई तेस्रो बलमा चौका, चौथो र अन्तिम बलमा छक्का प्रहार गर्दै कुल १९ रन जोडेका थिए ।
अन्तिम ६ बलमा चेन्नईलाई जितको लागि २१ रन चाहिँएको थियो । पहिलो बल सन्दीप शर्माले धोनीलाई वाइड फ्याँलेका थिए । लगत्तै अर्को बल वाइड फ्याँले । दोस्रो बलमा धोनीले छक्का हाने । त्यसपछि ४ बलमा १३ रन चाहिँएको थियो ।
तेस्रो बलमा पनि छक्का हानेपछि चेन्नई जिततर्फ अघि बढेको थियो । तीन बलमा ७ रन चाहिँएको थियो । त्यसपछि बाँकी दुई बलमा एक एक रन दिए । अन्तिम बलमा धोनीलाई योर्कर फ्याँलेपछि एक रन मात्रै दिँदै रोमान्चक जित दिलाए । अन्तिम दुई बल सन्दीपले योर्कर फ्याँलेका थिए ।

धोनी १७ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहे । रविन्द्र जडेजा १५ बलमा १ चौका र २ छक्कासहित २५ रनमा अविजित रहे । सातौं विकेटका लागि ५ ओभरमा ५९ रनको अविजित साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् ।
यसअघि तीन खेलमा उच्च प्रदर्शन गरेका युवा खेलाडी ऋतुराज गायकवाड राजस्थानविरुद्ध ८ रनमै आउट भए । तीव्र गतिका बलर सन्दीप शर्माको बलमा गायकवाड यशस्वी जैसवालबाट क्याच आउट भएका थिए ।
मुम्बई इन्डियन्सविरुद्ध १९ बलमै अर्धशतक हानेका अजिक्या रहणे राम्रो प्रदर्शन गर्दै आउट भए । रहाणे १९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । मध्यक्रमका शिवम दुबे ८, मोईन अली ७ र अम्बाती रायुडू ७ रनमा आउट भए ।

राजस्थान रोयल्सका युजभेन्द्र चहलले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
त्यसअघि चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम स्टेडियम चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ३६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । स्पिनर मोईन अलीको बलमा बटलर बोल्ड आउट भएका थिए ।

युवा ओपनर यशस्वी जैसवाल ८ बलमा २ चौकासहित १० रनमा आउट भए । दोस्रो विकेटका लागी देवदत्त पाडिक्कल र जस बटलरले ७७ रनको साझेदारी गरेका थिए । पाडिक्कल २६ बलमा ५ चौकासहित ३८ रनमा आउट भए । उनी स्पिनर रविन्द्र जडेजाको बलमा डेभन कन्वेबाट क्याच आउट भएका थिए ।
कप्तान सञ्जु स्यामसन जडेजाको बलमा बोल्ड हुँदै डक आउट भए । रविचन्द्रन आश्विन २२ बलमा १ चौका र २ छक्कासहित ३० रनमा आउट भए । शिम्रन हेटमायर १८ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे ।
चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । आकाश सिंहले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोईन अलीले २ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

चेन्नई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । त्यसपछि लखनऊ सुपर जायन्ट्सलाई १२ रन र मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको थियो । चेन्नईले अव सोमबार बेंगलोरसँग चिन्नास्वामीमा खेल्नेछ ।
उता राजस्थान पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो । दोस्रो खेलमा पन्जाब किंग्ससँग ५ रनले पराजित हुँदा दिल्लीलाई ५७ रनले हराएको थियो । राजस्थानले अव आइतबार गुजरात जायन्ट्ससँग नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा खेल्नेछ ।
राजस्थान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । लखनऊ सुपर जायन्ट्स ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
कोलकाता र गुजरातको समान ३ खेलमा २ मा जित र १ मा हारसहित ४–४ अंक भएपनि तेस्रो र चौथो स्थानमा छन् । चेन्नई भने ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ४ खेलमा जित विहीन हुँदै पुछारमा छ । जित विहीन हुने दिल्ली एकमात्रै टोली हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]